कानूनी खर्चका कारण फेसबुकको नाफा घट्यो

कानूनी खर्चका कारण फेसबुकको नाफा घट्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७६

काठमाडाै‌ं, एजेन्सी । फेसबुकले अप्रिल–जुन तीन महिनामा २.६२ अरब डलर मुनाफा कमाएको छ । तर, यो २०१८ को अप्रिल–जुन तीन महिनाको भन्दा ४९ प्रतिशत कम हो । २०१८ को अप्रिल–जुन तीन महिनामा कंपनीले ५.१ अरब डलर मुनाफा कमाएको थियो । 

कंपनीले ‘डेटा प्राइभेसी’ उल्लंघनको मामिलामा कानूनी खर्चका लागि २ अरब डलर छुट्टयाएको छ जसका कारण मुनाफा कम देखिएको हो । 

जनवरी–मार्च तीन महिनामा पनि यस्तै भएको थियो । त्यसबेला पनि कंपनीले कानूनी खर्चका लागि ३ अरब डलर छुट्टयाएको थियो । 

फेसबुकको आम्दानी बढेर १६.९ अरब डलर भएको छ । यो अघिल्लो बर्षको  जुन त्रैमासिकको तुलनामा २८ प्रतिशतले धेरै हो । विज्ञापनको आम्दानीमा मोवाइल विज्ञापनको अंश ९४ प्रतिशत रहेको छ । अघिल्ले वर्ष अप्रिल–जुनमा यो ९१ प्रतिशत थियो । 

  • अप्रैल-जून 2018
  • अप्रैल-जून 2019
  • वृद्धि
  • डेली एक्टिभ यूजर
  • १४७‌‍.१ करोड़
  • १५८.७ करोड़
  • ८%
  • मंथली एक्टिभ यूजर
  • २२३.४ करोड़
  • २४१.४ करोड़
  • ८%
  • प्रति यूजर एवरेज रेभेन्यू
  • ७.०५ डलर
  • ५.९७ डलर
  • १८%

कंपनीका अनुसार फेसबुक, इंस्टाग्राम तथा व्हाट्सऐप (फेसबुक फेमिली)को प्रतिदिन प्रयोगकर्ताको कुल संख्या २१० रहेको छ । २७० करोड़ मानिसले प्रत्येक महिना कंपनकिो कम से कम कुनै एउटा सेवाको प्रयोग गरेकै हुन्छन् ।