धोनी वेष्टइन्डिज भ्रमणको भारतीय टोलिमा किन परेनन् ?

धोनी वेष्टइन्डिज भ्रमणको भारतीय टोलिमा किन परेनन् ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७६

काठमाडाैं, साउन १० । भारतीय एकदिवसीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी यसपटक वेष्टइन्डिज भ्रमणको भारतीय टोलीमा परेनन् । उनी किन टिममा परेनन भन्ने एउटा कौतुहलता सृजना गर्यो । 

बिसिसिआईका प्रमुख चयनकर्ता एमएसके प्रसादले धोनी किन टिममा परेनन् भन्ने सन्र्दभमा उत्तर दिंदै भने, ‘उनी आफैं यसपटक वेष्टइन्डिज भ्रमण टोलीमा सामेल हुन इच्छुक देखिएनन् । कारण उनी भारतीय सैन्य सेवामा दुई महिनाका लागि सैन्य तालिममा सहभागि हुनेछन् ।’

उनले भारतीय सैन्य सेवामा सैनिक तालिमका लागि दिएको निवेदन सेनाले स्वीकृत गरेको हो । भारतीय सैन्य सूत्रका अनुसार धोनीले प्यारासूट रेजिमेन्टमा दुई महिना तालिम गर्नेछन् । 

सेना प्रमुखको अनुमति पछि धोनीले जम्मु कश्मिरमा दुई महिना प्यारासूट रेजिमेन्टमा तालिम गर्नेछन् । 

विश्वकप क्रिकेट २०१९मा भारत न्युजिल्याण्डसँग पराजित भएपछि उनले सन्यास लिनुपर्छ भन्ने दवाव बढेको थियो । तर, बिसिसिआईका प्रमुख चयनकर्ता एमएसके प्रसादले भने, सन्यासको निर्णय गर्ने अधिकार केवल उनको भएकोले यसमा अरुले केही भन्न नसक्ने बताए ।’का