सन्यासअघि मालिंगालाई कीर्तिमान बनाउने अवसर

सन्यासअघि मालिंगालाई कीर्तिमान बनाउने अवसर

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १०, २०७६

काठमाडौं । बंगलादेश विरुद्धको एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत शुक्रबार हुने पहिलो खेलपछि श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदैछन् । 

यो खेलमा मालिंगालाई कीर्तिमान बनाउने अवसर छ । यो खेलमा ३ विकेट लिएमा मालिंगाले भारतीय पूर्वक्रिकेटर अनिल कुम्बलेलाई पछि पार्नेछन् । कुम्बलेले अन्तर्राष्ट्रिय वनडे क्रिकेटमा ३३७ विकेट लिएका छन् । मालिंगाको नाममा भने ३३५ विकेट छ । 

अन्तर्राष्ट्रिय वनडे क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा श्रीलंकाका मुथैया मुरलीधरन शीर्ष स्थानमा छन् । उनको नाममा ५३४ विकेट छ । 

मालिंगाले अन्तर्राष्ट्रिय क्रिकेटमा ५३३ विकेट लिएका छन् । क्रिकइन्फो डट कमका अनुसार उनले टेस्टमा १०१ र टि–ट्वान्टीमा ९७ विकेट लिएका छन् ।