पकेट एसी

पकेट एसी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७६

काठमाडौं, एजेन्सी । जापानको इलेक्ट्रोनिक्स कंपनी सोनीले मोबाइल भन्दा पनि सानो एयर कंडीशनर (एसी) बनाएको छ । यसलाई शर्ट तथा टीशर्टमा पनि राख्न सकिनेछ । कंपनीले यसको नाम रेओन पकेट राखेको छ । यसले चौबिसै घंटा गर्मिमा चिसो तथा जाडोमा न्यानो बनाउँछ । 

कंपनीका अनुसार, यसलाई प्रयोगकर्ताले गर्दनको तल राखेर प्रयोग गर्न सक्छ । यसका लागि कंपनीले विशेष प्रकारको ब्याग पनि बनाएको छ । जसमा यो एसी (रोओन) राख्न सकिन्छ । यो सानो, मझौला तथा ठूलो आकारमा पनि उपलब्ध छ । 

रेओन पकेट एसी, थर्मोइलेक्ट्रिक पेल्टियर तत्वले बनेको छ । जुन एकदमै चिसो तथा तातो हुन्छ । यस प्रकारको तत्वको प्रयोग गाडी तथा वाइन कुर्लसमा प्रयोग गरिन्छ । यसमा थोरै पावर भए पुग्छ । । 

यो स्मार्ट एसीमा लिथियम आयन ब्याट्रीको प्रयोग गरिन्छ । दुई घंटा चार्ज गरेपछि दिनभर प्रयोग गर्न सकिन्छ । यो एसी चलाउनलाई ब्लूटूथ ५.० एलई भएको फोनले पनि मद्दत गर्छ । 

हाल यो एसी जापानका लागि मात्र उपलब्ध छ ।