गाडीको नम्बरको मात्रै ३० लाख ४० हजार

गाडीको नम्बरको मात्रै ३० लाख ४० हजार

गाडीको नम्बरको मात्रै ३० लाख ४० हजार

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७६

काठमाडौं, एजेन्सी । भारतीय राज्य गुजरातको राजकोटमा एक जना निर्माण व्यवसायीले आफ्नो कारको भिआईपी नंबर ०००७ का लागि ३० लाख ४० हजार रुपैयाँ खर्च गरेका छन् । उनी यो नंबर गुजराती भाषामा लेख्न चाहन्थे तर अंग्रेजी भाषामा नै लेख्नुपर्ने कारणले उनले यसो गर्न पाएनन् । 

निर्माण व्यवसायी गोविंद प्रसन्नाले गुजरातीमा लेख्न चाहनुको कारण भने ०००७ नंबर गुजरातीमा लेख्दा त्यसको आकृति भगवान गणेश जस्तो देखिन्छ । यसकारण उनले आफ्नो गाडीको मूल्यको ११ प्रतिशत रकम नंबरमा खर्च गरेका हुन् । 

गुजरातको सड़क तथा परिवहन विभागका अधिकारिका अनुसार, राज्यमा कुनै एक नंबरका लागि तिरेको यो सबैभन्दा धेरै रकम हो ।