एप्पलले इंटेल कम्पनीको मोडेम डिभिजन १ अरब डलरमा किन्यो

एप्पलले इंटेल कम्पनीको मोडेम डिभिजन १ अरब डलरमा किन्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १०, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी कम्पनी एप्पलले इंटेल कम्पनीको मोडेम डिभिजनको ठूलो अंश १ अरब डलरमा खरिद गरेको छ । दुबै कम्पनीले यसको घोषणा २५ जुलाइका दिन गरेका हुन् । 
एप्पलको यो दोस्रो ठूलो खरिद सम्झौता हो । यसभन्दा अघि एप्पलले ३.२ अरब डलरमा बीट्स इलेक्ट्रोनिक्स किनेको थियो । 

मोडेप चिपले आईफोनलाई वायरलैस डेटा नेटवर्कसँग जोड्ने काम गर्छ । जसका लागि एप्पल अरु कम्पनीसँग निर्भर रहेको थियो । अब इंटेलको मोडेम डिभिजन किनिसकेपछि भने एप्पलले आफैं स्मार्टफोन चिप बनाउनेछ । 

यो सम्झौताले स्मार्टफोनको प्रमुख उपकरणमा एप्पलको वर्चस्व बढेको छ । अब उसको वायरलेस टेक्नोलोजी पेटेंटको संख्या १७,००० पुगेको छ । यसमा सेलुलर कम्युनिकेशंस स्टैंडर्ड देखि लिएर मोडेम सम्मको  पेटेंट शामेल छ । 

सम्झौता अनुसार इंटेलको इंटेलेक्चुअल प्रोपर्टी, उपकरण तथा लीजमा एप्पलको अधिकारमा रहने छ । इंटेलका २२०० कर्मचारी पनि एप्पलमा जोडिनेछन् । सम्झौता लागु भएपछि इंटेलसँग नन स्मार्टफोन एप्लिकेशंस जस्तो पीसी, इंडस्ट्रियल इक्विपमेंट तथा सेल्फ ड्राइविंग कारका लागि मोडेम विकसित गर्ने अधिकार मात्र रहन्छ । 

अप्रिलमा एप्पल तथा क्वालकमको  पेटेंट संबंधी विवाद सुल्झिए पछि एप्पलले क्वालकमसँग मोडेम खरीद गर्ने तथा त्यही समयमा इंटेलले भने स्मार्टफोन मोडेमको व्यापारबाट बाहिर आउने बताएको थियो । 

एप्पलका प्रतिद्वंदी कंपनी सामसुगं तथा हुवावेले आफैं मोडेम चिप बनाउने गरेका छन् ।