'लेखक भाषा र अवबोधको स्तरमा निरन्तर एउटा प्रक्रियाबाट गति गर्छ'

'लेखक भाषा र अवबोधको स्तरमा निरन्तर एउटा प्रक्रियाबाट गति गर्छ'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  श्रावण ११, २०७६

सुशोभित

सुशोभित सिंह सक्तावत सामाजिक संजालमा एउटा चर्चित एवम् प्रतिष्ठित नाम हो । आफ्नो मोहक भाषामा राजनीतिदेखि साहित्यलगायत विविध सामाजिक एवम् मानवीय लगावका विषयमा फेसबुकमा निरन्तर लेखिरहने उनी पेशाले पत्रकार पनि हुन् । वर्तमानमा सुशोभित दैनिक भास्कर समूहको पत्रिका ‘अहा ! जिन्दगी’का सहायक सम्पादक पदमा कार्यरत छन् । सुशोभितका तीनवटा पुस्तक ‘मलयगिरी का प्रेत’, ‘मै बनूँगा गुलमोहर’ र ‘माया का मालकौंस’ प्रकाशित भइसकेका छन् । उनका फेसबुकमा लेखिने प्रत्येक पोस्टमा उनको व्यक्तित्व र लेखनशैलीको स्पष्ट छाप रहेको हुन्छ । फेसबुकमा छरिएर रहेका उनका विभिन्न पोस्टकै ५–७ वटा किताब बन्न सक्छन् । उनको लेखनको जादू पाठकको मन– मस्तिष्कमा अमिट छाप छोड्न सक्षम छ । मत नमिल्ने पाठक पनि उनको लेखनशैली, शब्दचयन, प्रस्तुति र भाषा विन्यासका लागि उनको प्रसंशा नगरी रहन सक्दैनन् । 

सुशोभितसँग युवा लेखक तथा समीक्षक पीयुष द्धिवेदीले गरेको कुराकानीको अनुवाद हामी आफ्ना पाठकका लागि प्रस्तुत गरिरहेका छौं । – सम्पादक

आफ्नो जीवन यात्राको बारेमा केही भन्नुपर्दा...?

मेरो जीवन यात्रामा वर्णन गर्न लायक रोचक एवम् रुचिकर प्रसंग छैनन् । यो कुनै त्यस्तो कथा होइन, जसलाई पढेर कसैलाई प्रेरणा पाइयोस् । अतीतमा फर्केर हेर्दा आफ्नो जीवनमा म विसंगतिको शृंखला मात्रै पाउँछु । अनेकन संयोग मिलेर मेरो जीवन बनेको छ । नितान्त आकस्मिक किसिमका घटना र प्रसंगले मेरो जीवनको दिशा निर्धारित गरेका छन् । यस्ता हजारौं किस्सा छन्, तिनको बयान के गर्नु ? भविष्यमा आत्मकथा लेखे भने क्रमबद्ध नभए पनि केही किस्सा समेट्नेछु । अगस्त महिनामा मेरो अर्को किताब ‘माउथ अर्गन’ प्रकाशित हुँदैछ । यसमा मैले जीवनका केही प्रसंगलाई ‘नेरेटिभ फर्म’मा उल्लेख गरेको छु । जेएम कोएट्जीका अनुसार यो ‘फिक्सनलाइज्ड मेमायर्स’ कोटिमा पर्छ । तर, मेरो लेखनमा असीम कल्पनाका साथै अपनाइएको स्वच्छन्दताको प्रयोग हुँदाहुँदै पनि ‘माउथ अर्गन’मा केही यस्ता प्रसंग आएका छन्, जसले मेरो जीवन यात्राका बारेमा गम्भीर सूचना दिन्छन् । तर, के यी सूचनाको कसैका लागि केही महत्व हुन सक्छ र ! 

 तपाई कैयन मीडिया हाउसमा राम्रो पदमा रहनुभयो । तर, तपाईंले कतै लेख्नुभएको छ, ‘तपाईंले पत्रकारिताको अध्ययन एक वर्ष मात्रै गर्नुभयो र त्यो पनि बडो अन्यमनस्कतापूर्वक ?’ 

आज यदि म एक युवाका भाँति पत्रकारिता क्षेत्रमा जागिर खोज्न निस्किने हो भने मलाई सायदै कुनै मीडिया हाउसले अवसर दिन्छ होला । आज मिडियामा काम गर्न पत्रकारिताको डिग्रीलाई अघोषित मापदण्ड मान्ने गरिएको छ । तपाईंको ‘रेज्युम’मा यो डिग्री हुनै पर्छ । मेरा बुबा पत्रकार हुनुहुन्थ्यो । पुरानो समयको अलपत्रकार जस्तै, जसले आजीविकाका लागि पत्रकारिताबाहेक अन्य काम पनि गर्नुपथ्र्यों । पत्रपत्रिकामा लेखेबापत उनलाई समाचारपत्रका केही प्रति उपलब्ध गराइन्थ्यो । उहाँ साइकलबाट यिनलाई वितरित गरेर केही रूपैयाँ उठाउनुहुन्थ्यो । म त्यसबेला बेरोजगार थिएँ, बुवाले नै मलाई एउटा समाचारपत्रमा जागिर लगाइदिनुभयो । मेरो काम थियो, रात्रिकालीन डेस्कमा पु्रफ रिडिङ गर्ने । तलब थियो, छ सय रूपैयाँ महिना । यो सन् १९९९ को कुरा हो । यसपछि मैले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरें । पत्रकारिताका लागि मैले २००७ मा पढाई गरें । म यस पढाइलाई अन्यमनस्क भावले गरेको यस अर्थमा भन्छु कि मैले रात–रातभरि जागेर जुन पत्रकारिता गरेको थिएँ, बुझेको थिएँ, जानेको थिएँ । कलेजको सैद्धान्तिक पढाइ भने त्यसको छेउछाउसम्मको पनि थिएन । र, साहित्यक पढाइको विपरीत पत्रकारिता अध्ययनमा कुनै बौद्धिक चुनौती थिएन । यस्तो डिग्री प्राप्त गर्न मैले यसमा अरु समय दिन उपयुक्त ठानिनँ । र, यो पढाई अधुरै रह्यो । 

 तपाईं पत्रकार र साहित्यकारमध्ये आफुलाई के ठान्नुहुन्छ ?

यसमा त कुनै दुविधा छैन । म आफूलाई साहित्यकार त भन्दिनँ तर, यति स्पष्ट छ, साहित्य मेरो जीवनको अन्तर्सत्य हो, यो क्रिस्टलका माफिक छर्लंग छ । मेरो मात्र होइन, कुनै पनि सर्वसाधारणको जीवनमा समाचारपत्रले त्यो स्थान कहिल्यै हासिल गर्न सक्दैन, जुन स्थान कविताको एउटा कितावले राख्छ । यस तथ्यबाट अखवारवालाहरूले रिसाउनु आवश्यक छैन । वास्तवमा समाचारपत्रलाई ‘फस्र्ट ड्राफ्ट अफ हिस्ट्री’ भनिन्छ । इतिहासको कच्चा चिठ्ठा अथवा मस्यौदा । 

तर, यो पनि अविछिन्न सत्य हो, कुनै सुचिन्तित इतिहास कहिल्यै पनि कुनै उपन्यासमा व्यत्त    m भएको मानवीय चेतनाको आत्मीय सत्यलाई उजागर गर्न समर्थ हुन्न । सूचना र समाचार साहित्यका सम्मुख सधैं गौण नै हुन्छन् ।

वाम विचारधारासँग मेरो प्रबल मतभेद छ । वाम विचारधारा एउटा विरुपित विश्वदृष्टि हो । यसले मनुष्यलाई मनोवैज्ञानिक संरचनाको सट्टा एउटा सामाजिक व्यतिक्रममा हेर्ने भीषण गल्ती गर्छ । यसले वर्गीकरणको विभ्रम सृजना गर्छ । यति मात्रै होइन, यसले आफूलाई सद्गतिको एकमात्र उपाय ठान्ने दावी पनि गर्छ । जसले गर्दा मानवका विवशता र सीमा निर्मित विभिन्न परिप्रेक्ष्यप्रति यसले सदाशय राख्दैन ।

 मैले भर्खरै तपाईंको पुस्तक ‘माया का मालकौंश’ पढें । यसमा संकलित आलेख तपाईंले फेसबुकका पोस्टका रूपमा लेख्नुभएको हो । के तपाईंलाई लाग्दैन पुस्तकाकारमा प्रकाशित गर्दा यी आलेखमा अलिक विस्तार हुनु पथ्र्यौं ? केही लेख धेरै नै साना भएका छन् ?

 केही लेख साना छन्, यो एउटा सापेक्ष दृष्टि हो । लेखकले त यो पनि भन्न सक्छ, मैले ती लेखमा त्यति मात्रै भन्नु थियो । विगतमा फेसबुक पोस्टका रूपमा लेखिएका यी आलेखलाई विस्तार दिनु आवश्यक थियो र ? 
यसबारे म यति नै भन्न सक्छु । एउटा लेखक भाषा र अवबोधको स्तरमा निरन्तर एउटा प्रक्रियाबाट गति गर्छ । ती आलेखमा मैले विगतमा जे लेखें चाहेर पनि म तिनको पुनर्लेखन गर्ने स्थितिमा पुग्न सक्दिनँ । मसँग अब त्यो अवबोध नै कसरी आउन सक्छ !

साहित्य क्षेत्रमा तपाईंको प्रवेश अति गतिका साथ भयो । भनाइको आशय लगालग तपाईंका तीनवटा पुस्तक आए र आउने क्रम जारी छ ?

म यस भनाईसँग सहमत छैन, मेरो साहित्यमा प्रवेश गतिपूर्वक भयो । साहित्यमा प्रवेश पुस्तक प्रकाशित हुनाले अथवा पुरस्कार पाउनाले वा प्रशंसक वर्ग निर्मित हुनाले भएको हुन्न । साहित्यमा कसैको पनि प्रवेश त्यही बेला भइसकेको हुन्छ, जुनबेला कुनै पुस्तकमा व्यक्त भएको अन्तर्सत्यले उसको मनमुटु छुन्छ र ऊ आफ्नो भविष्यका आकांक्षामा यस रोमाञ्चलाई स्थान दिन थाल्छ, के कुनै दिन म पनि यस्तो लेख्न सक्छु ! तपाई भन्न सक्नुहुन्छ, साहित्यमा मेरो प्रवेश सन् १९९९–२००० मै भइसकेको थियो । सन् २००७ पछि नियमित गद्य लेखन आरम्भ गरें । सन् २०१० पछि ब्लग र फेसबुकमार्फत् मेरो लेखनलाई पाठक पनि प्राप्त भए । मेरा पुस्तक त भर्खरै मात्रै प्रकाशित भए, मित्र र फेसबुकका मित्रले पुस्तकलाई किनेर सहयोग गरे । 

तर, हिन्दी साहित्यको मुख्यधाराले अहिले पनि मेरा पुस्तकमाथि संज्ञान लिएको छैन । यस परिप्रक्ष्यबाट त तपाईं भन्न सक्नुहुन्छ, अझै साहित्य क्षेत्रमा मेरो प्रवेश भएको छैन । 

केही पहिला तपाईं फेसबुकमा वाम विचारधाराका विरुद्धमा लेख्नुहुन्थ्यो । त्यसपछि तपाईं दक्षिणपन्थी विचारधाराका विरुद्ध लेख्न थाल्नुभयो र अहिले आएर तपाईं यी दुवै विचारधाराबाट विमुख भएर साहित्य सृजनामा लाग्नुभएको छ । के यो वैचारिक अस्थिरता होइन ?

क्लिष्ट भाषा के हुन्छ ? यसमाथि चर्चा गर्न सकिन्छ । हुन सक्छ, मेरो भाषा मेरा लागि क्लिष्ट नहोस्, जसलाई यो क्लिष्ट लाग्छ, उसले आफ्नो भाषाबोधबारे चिन्तन गरोस् । क्लिष्ट भाषा र अस्वाभाविक भाषामा पनि अन्तर हुन्छ । मलाई लाग्छ, मेरो भाषा तत्समनिष्ठ हुँदाहुँदै पनि अस्वभाविक छैन । यो आफ्नो अन्तर्वस्तुका साथ एकदमै सहज छ र यसमा एउटा प्रवाह हुन्छ । आफ्नो भाषासँग मेरो एउटा निजी रागात्मक सम्बन्ध स्थापित भइसकेको छ । कुनै अन्य रूपमा स्वयंलाई व्यक्त गर्नु अब मेरा लागि दुष्कर मात्रै होइन, अवान्छनीय नै हुनेछ । मेरो भाषाले पाठकमाझ मेरो पहच कम हुन्छ भने म यसलाई आफ्नो नियति मानेर स्वीकार गर्छु ।

 केही पनि कुरा एक दिनमै अचानक हुँदैनन् । वाह्य आवरण वा दृष्टिबाट हेर्दा अचानकको परिवर्तन भएजस्तो देखिन्छ । तर, वास्तविकतामा त्यस्तो हुन्न । सबै बदलाव, परिवर्तन वा वैचारिक उथल–पुथलका आफ्नै अन्तः प्रक्रिया हुन्छन् । 

वाम विचारधारासँग मेरो प्रबल मतभेद छ । वाम विचारधारा एउटा विरुपित विश्वदृष्टि हो । यसले मनुष्यलाई मनोवैज्ञानिक संरचनाको सट्टा एउटा सामाजिक व्यतिक्रममा हेर्ने भीषण गल्ती गर्छ । यसले वर्गीकरणको विभ्रम सृजना गर्छ । यति मात्रै होइन, यसले आफूलाई सद्गतिको एकमात्र उपाय ठान्ने दावी पनि गर्छ । जसले गर्दा मानवका विवशता र सीमा निर्मित विभिन्न परिप्रेक्ष्यप्रति यसले सदाशय राख्दैन । 

यो त भयो दार्शनिक प्रतिफलको कुरा । वाम विचारधारका विरुद्ध वैचारिक युद्ध गर्ने तत्कालीन कारण थिए । केही घटना र प्रतिक्रियाका फलस्वरूप मैले उग्र एवम् अधीर लेखन गरें, जुन तर्कसरणीमा अभेद्य हुनुका साथै आशयमा आक्रामक पनि थियो । तर, अहिले मलाई लाग्छ– मैले यसबाट जोगिनुपथ्र्यौं । यस कारणले होइन कि वाम विरोधमा लेख्ने कारणले हिन्दी साहित्यको मुख्यधारा तपाईंलाई अपवित्र र अस्पृश्य ठान्न थाल्छ, वरन यस कारणले, ‘नियतिद्वारा उपहार स्वरूप प्राप्त भएका संघर्ष के कम थिए र जे मैले अकारणका युद्ध, टकराव र संघर्षमा आफ्नो शक्ति लगाए । र, खासगरी जब यस्ता तर्क–वितर्कले कुनै रचनात्मक परिणामसम्म देखा नपरोस्, मात्र कोलाहल नै भइरहोस् । 

दक्षिणपन्थी विचारधाराका विरुद्ध लेखन पनि सुनियोजित उपक्रम थिएन । यस विचारधारामा न्यस्त पूर्वाग्रह, जुनकि वैयक्तिकताको सट्टा संस्थानीकरणलाई मान्यता दिने आग्रहले ग्रस्त हुन्छ । यस्ता मान्यताको प्रतिकार गर्ने चेष्टा मेरो स्वभावमै निहित छ । जब मैले वाम विचारघाराका विरुद्धमा लेखें, दक्षिणी विचारधाराले मलाई आफ्नो मानिस सम्झियो । यसको निस्तारण पनि मेरो सचेत चेतनाले अविलम्ब नै गर्‍यो । अब आएर म आफ्नो चित्रमा स्थिर भएको छु, लेखनबाट मैले मैले के प्राप्त गर्नु छ त्यो मैले राम्ररी बुझिसकेको छु । 

मैले के पढ्नुपर्छ, के लेख्नुपर्छ र त्योभन्दा पनि बढी मैले कुनै किसिमका पाठकलाई सम्बोधित गर्नु छ, यो सबै निश्चित भइसकेको छ । अब तपाईं मेरो लेखनमा राजनीति पाउनुहुन्न, निकट भविष्यमा राजनीति मेरो लेखनको विषयवस्तु हुन्न । 

 तपाईंले अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभयो, तपाईं पढ्नमा पनि निकै समय बिताउनुहुन्छ । हिन्दी वा अंग्रेजीमध्ये बढी के पढ्नु हुन्छ ?

यदि तपाईंको पढ्ने गति दुवै भाषामा एक समान छ भने हिन्दी र अंग्रेजीको भेद रहन्न । हुनत मैले हिन्दीको अपेक्षा अंग्रेजी नै बढी पढेको छु । तर, मैले पढेको सबै साहित्य मूल अंग्रेजी भाषाको होइन । विश्वका विभिन्न भाषाको साहित्य अंग्रेजीमा अनुदित भएको छ । अहिले म ‘रिल्के’का शोकगीत पढ्दैछु, जुन जर्मन भाषाबाट अंग्रेजीमा अनुवाद भएको छ । तपाईं यसलाई अंग्रेजी साहित्य भन्न सक्नुहुन्न । यो मूलमा जर्मन साहित्य हो । 

 हिन्दी साहित्यको वर्तमान परिदृश्यमाथि केही भन्नुहुन्छ ?

यो एउटा निरन्तर विकसित हुँदै गरेको परिघटना हो, यसमा धेरै प्रवृति एक–एक गरी प्रकट हुँदै छन् । इतिहासले नै यसको मूल्यांकन गर्छ । मैले हिन्दी साहित्यको सांगोपांग अध्ययन गरेको छैन, तसर्थ मैले टिप्पणी गर्न सुहाउँदैन । 

वरिष्ठ फिल्म समीक्षक जयप्रकाश चौकसेले तपाईंको पुस्तक ‘माया का मालकौंस’माथि टिप्पणी गर्दै तपाईंलाई क्लिष्ट भाषाको सट्टा सरल भाषामा लेख्ने सुझाव दिएका छन्, यसलाई कसरी लिनुभयो ?

उहाँले जे भन्नुभयो, त्यो उहाँको अधिकार हो । तर, क्लिष्ट भाषा के हुन्छ ? यसमाथि चर्चा गर्न सकिन्छ । हुन सक्छ, मेरो भाषा मेरा लागि क्लिष्ट नहोस्, जसलाई यो क्लिष्ट लाग्छ, उसले आफ्नो भाषाबोधबारे चिन्तन गरोस् । क्लिष्ट भाषा र अस्वाभाविक भाषामा पनि अन्तर हुन्छ । मलाई लाग्छ, मेरो भाषा तत्समनिष्ठ हुँदाहुँदै पनि अस्वभाविक छैन । यो आफ्नो अन्तर्वस्तुका साथ एकदमै सहज छ र यसमा एउटा प्रवाह हुन्छ । आफ्नो भाषासँग मेरो एउटा निजी रागात्मक सम्बन्ध स्थापित भइसकेको छ । कुनै अन्य रूपमा स्वयंलाई व्यक्त गर्नु अब मेरा लागि दुष्कर मात्रै होइन, अवान्छनीय नै हुनेछ । मेरो भाषाले पाठकमाझ मेरो पहुँच कम हुन्छ भने म यसलाई आफ्नो नियति मानेर स्वीकार गर्छु ।