फिलिपिन्समा भूकम्प ५ जना को मृत्यु

फिलिपिन्समा भूकम्प   ५ जना को मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण ११, २०७६


फिलिपिन्समा आज बिहान दुइ पटक भूकम्पको छ ।  यस प्राकृतिक आपदामा परि अहिलेसम्म ५ जना को मृत्यु भएको ज्ञात हुन् आएको छ । 

मनिला ।  फिलिपिन्समा आज २७ जुलाई शनिवारका  दिन एक बिहानै  दुइ पटक भूकम्प गएको छ ।  फिलिपिन्स स्थित मुख्य  लुजोंन द्वीपको उत्तरमा अवस्थित बातनेस द्वीप्समुहमा आज बिहान दुइ पटक भुकम्पका ठुला झट्का  महशुस भएकाे  थिथाे ।

पहिलो पटक स्थानीय समय अनुसार बिहान ४ बजेर १६ मिनेट जाँदा भुकम्प गएको थियो ।  यसको तीव्रता  रेक्टर स्केलमा ५‍‍.४  रहेको थियो ।  यस भुकम्पको केन्द्र  इटबायट शहर भन्दा १२ किमि उत्तर पुर्वमा  १२ किमि गहिराईमा रहेको थियो ।  यसै गरि भुकम्प को अर्को झट्का झन्डै ३ घण्टा २२ मिनेट  पछि ७ बजेर ३८ मिनेट जाँदा गएको थियो । 

समाचार  एजेन्सी सिन्हुआ  का अनुसार  बाटनेस  का  गवर्नर  मारिलो केकोले  स्थानीय मीडियालाई जानकारी गराए अनुसार  ५.४ रेक्टर स्केलको पहिलो झट्का मै परि ५ जनाको मृत्यु भएको छ।  यसै भुकम्पमा परि १२ जना घाइते भएका छन् ।

भुकम्प को प्रभाव ले  एक चर्च र अन्य धेरै घर ढलेका छन्  ।  क्षति को पुरा विवरण आउन बाँकी छ । 

फिलिपिन्सको  सिस्मोलोजी  विभागका अनुसार दोश्रो भुकम्पको केन्द्रबिन्दु इटबायट  शहरभन्दा  १९ किमि उत्तर पश्चिममा भुमिको ४३ किमि भित्र रहेको थियो ।