दिनमा ५ घण्टा भन्दा बढी मोबाइल चलाउनाले माेटाेपन बढ्ने

दिनमा ५ घण्टा भन्दा बढी मोबाइल चलाउनाले माेटाेपन बढ्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७६

काठमाडौं, एजेन्सी । तपाईँ मोटोपनबाट चिन्तित हुनुहुन्छ भने जानिराख्नुस मोटोपन बढ्नुको एउटा कारण मोबाइल धेरै समय चलाउनु पनि हुनसक्छ । 

क्यालिफोर्नियाको सिमोन बोलिवर युनिभर्सिटीले हालै गरेको एउटा शोधले दिनमा ५ घण्टा भन्दा बढी मोबाइल चलाउने मान्छेमा मोटोपन हुने सम्भावना ४३ प्रतिशत हुने गर्छ । मोबाइलमा व्यस्त रहेका कारण शारीरिक क्रियाकलाप नहुने र खाना पनि धेरै खाइने हुनाले मोटोपन बढ्न जान्छ । 

शोधकर्ताले अन्ुसन्धानमा एक हजार विद्यार्थीलाई संलग्न गराएका थिए । २०१८ जुन देखि डिसेम्बरसम्म भएको अनुसन्धानमा जो विद्यार्थी धेरै फोनको प्रयोग गर्ने गर्थे तिनीहरु मिठाई, फास्टफुड तथा चकलेट धेरै खाने गर्थे र व्यायाम गर्दैनथिए । यसले मेटाबोलिज्म ढिलो हुने तथा निद्रा नआउने समस्याका कारण तौल बढ्ने गरेको पाइयो । 

शोधकर्ता तथा  हृदय रोग विशेषज्ञ प्रो. मिरेरी मेंटीला–मोरोनका अनुसार, बिरामीको हातमा रहेको मोबाइल नै स्वास्थ्यका लागि खराब हो भन्ने कुरा यो अनुसन्धानले पुष्टि गरेको छ । यसले हृदय रोगको खतरा पनि बढेको पाइयो । 

अमेरिकन कलेज अफ कार्डियोलोजीले गरेको सम्मेलनमा पेश गरिएको अनुसन्धान पत्रमा २५ प्रतिशत विद्यार्थी जसले फोनमा ५ घण्टा भन्दा बढी समय बिताएका थिए तिनको वजन बढेको पाइयो ।  ।  

टेक्सासको राइस युनिभर्सिटीका अनुसार, फोन धेरै प्रयोग गर्ने विद्यार्थीलाई जब फास्टफुड दिइन्थ्यो तिनीहरुले आफूलाई नियन्त्रण गर्न कठिन हुन्थ्यो । २०१६ मा हार्वर्ड चेन स्कुलको अनुसन्धानमा मोबाइलमा धेरै समय बिताउने मानिसमा मोटोपन बढ़ने आशंका गरिएको थियो ।