मोटोपन बढाउने ९ जीन

मोटोपन बढाउने ९ जीन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाका शोधकर्ताले मोटोपन बढाउने २४ कोडिंग जीन खोजेका छन् । जसमध्ये ९ दुर्लभ रहेको छ । जसले  मानव शरीरमा मोटोपन बढ़ाउने  काम गर्छ । यो जीनले कम्मर तथा नितम्बको आकार तथा अनुपात बिगार्न ठूलो भूमिका खेलेको हुन्छ । यो रहस्य पत्ता लगाउन क्रोमोजोममाथि शोध गरिएको थियो । 

अनुसन्धानमा अहम भूमिका निर्वाह गर्ने कैरी ई नर्थका अनुसार,  ‘पहिलो पटक हामीलाई यो जान्ने अवसर मिलेको छ कि जीनले मोटोपन बढाउनमा अहम भूमिका निभाएको हुन्छ । यो सबै बुझिसकेपछि हामीले मोटोपन तथा मोटोपनसँग जोडिएको बिमारीका लागि प्रभावकारी उपचार खोज्नमा सफलता प्राप्त गर्नेछा्रैं । खासगरी  टाइप २ सुगर तथा मुटुको बीमारी पत्ता लगाउन यो प्रभावकारी हुन्छ ।’ 

अनुसन्धानमा  जेनेटिक पाथवेज तथा जीनको पत्ता लागेको छ । जसले शरीरमा रहेको फ्याट टिस्यु बढाउने काम गर्छ । 

अमेरिकाकाे ४१० किलोको मोटो मानिसकाे निधन 

संसारको सबैभन्दा मोटो मध्येका एक सीन मिलीकेनको आज अमेरिकाको अस्पतालमा निधन भएको छ । उनको तौल ४१० थियो । उनलाई बचाउनका लागि डाक्टरहरुले सर्जरी गरेर उनको वजन १०० किलो कम गरेर ३१० किलो बनाएका थिए । तर केही समय पछि नै उनको निधन भयो ।