भेटियो सबैभन्दा ठूलो हाड

भेटियो सबैभन्दा ठूलो हाड

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७६

करोडौं वर्ष पहिला पृथ्वीबाट विलुप्त भएका डाइनोसरको रहस्य वैज्ञानिकहरुका लागि अझै पनि अनुत्तरित प्रश्नझैं रही आएको छ । यस्तोमा डाइनोसर सम्बन्धमा सारा संसारको ध्यान आकृष्ट गर्छ ।

काठमाडौं, एजेन्सी । डाइनोसर पृथ्वीबाट विलुप्त भएको कराडौं वर्ष भइसक्यो । वैज्ञानिक मतानुसार पृथ्वीमा पहिला यिनै डाइनोसर पृथ्वीबाट विलुप्त भएपनि मानव मस्तिष्कमा भने तिनको स्मृति जीवितै छ । डाइनोसरका विषयमा अनेकौं फिल्म बनेका छन् । प्रसिद्ध हलिउड सिनेमा जुरासिक पार्कले डाइनोसरको पुनरुत्थान गराएर विश्वभरिका सिनेप्रेमीको ध्यान आकृष्ट गरेको थियो । 

अहिले आएर जीवाश्म अनुसन्धान गर्ने वैज्ञानिकहरुले डाइनोसरको तिघ्राको हाड भेटेका छन् । 

दक्षिण पश्चिम फ्रान्सको आन्जेक क्षेत्रमा वैज्ञानिकले २ मिटर लामो हाड भेटेका छन् । उनीहरुका अनुसार यो हाड सारोपाड डाइनोसरको तिघ्राको हाड हो । सारापोड डाइनोसरलाई सबैभन्दा ठूलो प्रजातिको डाइनोसर मानिन्छ । 

यस वर्गको डाइनोसर शाकाहारी थिए, यिनको गर्दन र पुच्छर धेरै नै लामो हुन्थ्यो । जीवाश्म अनुसन्धान गर्ने वैज्ञानिकहरुका अनुसार यस प्रजातिका डाइनोसर जुरासिक कालको अन्तिम तिर अस्तित्वमा रहेका थिए । यी नै पृथ्वीमा सबैभन्दा ठूला शरीर भएका प्राणी भएको मानिन्छ । 

फ्रान्समा भएको यो हाड पूर्णतया संरक्षित रुपमा रहेको छ । ‘नेशनल हिस्ट्री म्युजियम अफ पेरिस’का अनुसार प्राप्त भएको हाडमा मांसपेशीको जोड र घाउ स्पष्ट स्पष्ट रहेका छन् । सामान्यतया यति ठूलो आकारको स्वतः टुक्रा भएर नष्ट हुने गर्छन् । 

जीवाश्म विज्ञानीका अनुसार ६ करोड वर्ष पहिला डाइनोसर विलुप्त भएका थिए । ठूलो प्रजातिको डाइनोसरको तौल ४० देखि ५० टनसम्म हुने गर्दथ्र्यो । फ्रान्सको स्थानीय समाचारपत्रका अनुसार यो भन्दा पहिला सन् २०१२ मा पनि यसै क्षेत्रमा डाइनोसरको हाड भेट्टिएको थियो, जसको तौल ५ सय किलो रहेको थियो । 

अहिले प्राप्त भएको हाडको तौल गरिएको छैन् । वैज्ञानिकहरु हाड जोख्नुभन्दा पहिला यसको संरक्षणमा लागेका छन् ।