३ करोडको जुत्ता !

३ करोडको जुत्ता !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७६

काठमाडौं, एजेन्सी । कुनै जुत्ताको मूल्य कति होला ? तपाईँ भन्नुहुन्छ हजार, लाख यस्तै । तर, नाइकी कंपनीको एकजोर जुत्ता ३ करोड रुपैयाँमा लिलाम भएको छ । 

यो कुनै पनि पुरानो जुत्ताको लिलामका लागि लगाएको सबैभन्दा बढी रकम हो । नाइकीले यो जुत्ता ४७ वर्ष पहिले ओलिम्पिक ट्रायलका लागि डिजाइन गरेको थियो । यो जुत्ताको नाम ‘मुन शुज राखिएको थियो । 

यो लिलामी न्युयोर्कको सोदबी अक्शन हाउसमा गरिएको थियो । जुन जुत्ता १९७२ मा नाइकीले को–फाउंडर तथा ट्रैक कोच बिल बोवर्नमनले डिजाइन गरेका थिए । 

सोदबीका अनुसार, यो जुत्ताको लागि ऐतिहासिक बोली क्यानडाका लगानीकर्ता माइल्स नाडालले लगाएका हुन् । यसका अलावा उनले ११ जोर अन्य दुर्लभ जुत्ताहरु लिलाममा खरिद गरेका छन् । नाडालले कुल १०० जोर जुत्ताका लागि ९ करोड़ ३७ लाख रुपैयाँको बोली लगाए । 

यसभन्दा पहिले माइकल जोर्डनको ३५ वर्ष पुरानो जुत्ता २ करोड ८ लाख रुपैयाँमा  बिकेको थियो । यो जुत्ताको लिलामी भने क्यालिफोर्नियामा भएको थियो । जोर्डनले यो जुत्ता सन् १९८२ को ओलिम्पिकमा बास्केटबल खेलको फाइनलमा लगाएका थिए ।