१८ हजारभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

१८ हजारभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १२, २०७६

काठमाडौं । सरकारले ९ महिनामा १८ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विपन्न नागरिक उपचार कोषका अनुसार गत साउनदेखि चैतसम्म १८ हजार १ सय ९९ जनालाई निःशुल्क स्वास्थ्य सेवा दिइएको हो । 

निःशुल्क स्वास्थ्य सेवाका लागि १ अर्ब १ करोड ५ लाख ९७ हजार ९ सय २ रूपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । 

सरकारले स्पाइनल इन्जुरी, पार्किन्सन्स, मुटु, हेड इन्जुरी, अल्जाइमर्स, मृगौला, क्यान्सर र सिकलसेल एनिमियाको निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ ।