आजम खानले माफी मागे

आजम खानले माफी मागे

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७६

काठमाडौं, एजेन्सी । समाजवादी पार्टीका सांसद आजम खानले भारतीय जनता पार्टीकी लोकसभा सांसद रमा देवी (जसले उक्त दिन कार्यवाहक सभामुखको कुर्सी सम्हालेकी थिइन) माथि गरेको अभद्र टिप्पणीका लागि माफी मागेका छन् । खानले आजको लोकसभा बैठकमा रमा देवीलाई आफ्नो बहिनी भएको बताए । यसबारेमा रमा देवीले खानलाई तपाईँको बानी धेरै नै खराब भएको र यसलाई सुधार्नु जरुरी छ । खानले २५ जुलाईमा रमा देवीमाथि  अभद्र टिप्पणी गरेका थिए । 

खानले संसदमा बोल्दै भने, ‘मैले पहिले पनि भनिसकेको छु कि उनी मेरो बहिनी जस्तै हुन् । मेरो कुनै पनि भावना ‘चेयर’ प्रति थिएन र हुँदैन पनि । मेरो भाषण तथा आचरणका बारे सबै सदनलाई जानकारी छ । यसका वावजुद पनि ‘चेयर’लाई मैले गल्ति गरें भन्ने लाग्छ भने त्यसका लागि म क्षमा चाहन्छु ।’ 

यस बारेमा बोल्दै स्पीकर ओम बिड़लाले भने, ‘संसद सबैको हो र सबैको सहमतिले नै चल्ने गर्छ । मेरो सबैलाई आग्रह छ जब कसैले संसदमा बोल्छ त्यसबेला स्पीकर (चेयर) लाई हेरेर मात्र बोलौं र कुनै पनि यस्तो शब्द नबोलौंं जसले चेयरको छवि खराब होस् ।’ 

संसदको बैठक बस्नु अघि स्पीकर ओम बिड़लाले आफ्नो अफिसमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव तथा आजम खानसँग बैठक गरेका थिए । उक्त बैठकमा रमा देवी पनि शामेल भएकी थिइन् । 

रमा देवीले भनिन्– आजम खानको बयानले देशभरका महिलाको सम्मानमा ठेस पुगेको छ । उनको यो बानी रहिआएको छ तर यसलाई हटाउनु पर्छ । उनी जे मनमा आयो त्यो बोल्छन त्यसलाई सुधार गर्नुपर्छ । 

२५ जुलाईमा लोकसभामा तीन तलाक बिलमा भएको बहसमा सांसद रमा देवी कार्यवाहक सभामुखको रुपमा बैठक संचालन गरिेरहेकी थिइन् । त्यसबेला खानले उनीमाथि टिप्पणी गरेका थिए । 

यसै विषयलाई लिएर लोकसभामा हंगामा भएको थियो । र, कानून मंत्री रविशंकर प्रसादले खानसँग माफी माग्न भनेका थिए । तर, माफी माग्ने कुरालाई खानले आफ्नो बेइज्जती सहेर आफ्नो कुरा राख्नु छैन भनि सदनबाट बाहिर गएका थिए ।