‘म्यान भर्सेस वाइल्ड’ मा मोदी

‘म्यान भर्सेस वाइल्ड’ मा मोदी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७६

काठमाडौं, एजेन्सी । यसपटक डिस्कभरी च्यानलको चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमंत्री नरेंद्र मोदी देखिने भएका छन् । 

कार्यक्रम संचालक बियर गिल्सले यसको जानकारी आपmनो ट्विटर ह्याण्डलमा गरेका हुन् । ट्विटमा दिइएको जानकारी अनुसार १२ अगष्टमा राती ९ बजे प्रसारण हुने कार्यक्रममा मोदी देखिनेछन् । 

गिल्सले एउटा भिडियो पनि पोस्ट गरेका छन् जसमा मोदी सानो डुंगाबाट नदी तर्दै जंगलमा हिंड्दै गरेको देखिन्छ । 

गिल्सले ट्वीट गर्दै,  १८० देशका मानिसले चाँडै नै प्रधानमंत्री नरेंद्र मोदीको नदेखिएको पाटोको बारेमा पनि परिचित हुने अवसर पाउनेछन् । कार्यक्रममा भारतले जंगली जनावरको संरक्षण तथा वातावरणीय परिवर्तनका लागि कस्तो अभियान तथा जागरुकता अपनाएको छ भन्ने बारेमा मोदीले देखाउनेछन् । 

गिल्सले ट्वीट गरेको भिडियोमा मोदी स्पोर्ट्स ड्रेसअपमा देखिने छन् । मोदीले गिल्सलाई भारतमा गरेका छन् भने बाँसले बनेको हतियार समातेका पनि छन् । मोदीले म यो तपाईँको लागि आफूसँग राख्छु भन्दै गर्दा गिल्सले पनि हाँसेर तपाईँ भारतको महत्वपूर्ण व्यक्ति भएको र तपाईँको सुरक्षा गर्नु मेरो काम हो भनेका छन् । 

यो टिभि शो लाई पशु संरक्षण तथा पर्यावरणका बारेमा जागरूकता बढाउने उद्देश्यले छायांकन गरिएको हो ।