विश्वको सबैभन्दा ठूलो नुनको मैदान

विश्वको सबैभन्दा ठूलो नुनको मैदान

जुआन मार्टिनेज  |  पर्यटन  |  श्रावण १३, २०७६

बोलिभियाको सालर डि ड्यूनी विश्वकै सबैभन्दा ठूलो नुनको मैदान हो । यो समुद्र सतहदेखि ३ हजार ७ सय ५६ मिटर उचाईमाथि एन्डीज पठारको १० हजार ९ सय वर्ग किमि क्षेत्रफलसम्म फैलिएको छ । 

विश्वको सबैभन्दा ठूलो मैदान हुनुका साथै यो बोलिभियाको सबैभन्दा लोकप्रिय पर्यटन केन्द्र पनि हो । संसारभरका पर्यटक त्यहाँका विशाल सेता मैदान अवलोकन गर्न उहाँ आउने गर्छन् । 

यस विशाल सेता मैदानकाबीच ज्वालामुखीका चट्टान स–साना द्धीप झैं देखिन्छन् । यस्तो लाग्छ मानौं प्रकृतिले विशाल सेतो क्यानभासमा काला काला बिन्दुको कारीगरी गरेको छ । 

द्धीपझैं देखिने यी ज्वालामुखीका चट्टान मध्ये क्वेशुआ स्थित ‘इन्काघर’ (इन्काहाउसी) अति प्रसिद्ध छ । इन्का सभ्यताका मानिस नुनको यो विशाल मैदानबाट गुज्रिंदा अस्थायी रुपमा यहाँ बास बस्ने गर्छन् । 

४० मिटरसम्म अग्ला यी चट्टानका वरिपरि समुद्री सिपी र विभिन्न प्रवालका दुर्लभ जीवाश्म जस्ता संरचना भेटिन्छन् । यी जीवाश्म प्राग ऐतिहासिक झील (मिनचिन झील)का अन्तिम अवशेष हुन । यो विशाल झील झण्डै २०–४० हजार वर्ष पहिला सुकेको लख काटिन्छ । 

इन्काहाउसीमा हजाराै‌ क्याक्टस (ट्राइकोसेरस पासाकाना) आकाशगामी रहेको देखिन्छन् । क्याक्टसका बिरुवा वर्षमा जम्मा १–२ सेन्टीमिटर मात्रै बढ्छन् । बढ्दै जाँदा क्याक्टसका यी बिरुवा १० मिटरसम्म अग्लो हुन्छन् । यानेकी रुख बन्न पुग्छन् । यिनको आयु भने ३ सय वर्षसम्मको हुन्छ । 

नुनको यो विशाल सेतो मैदान पूरै समतल छ । एक स्थानबाट अर्को स्थानको ऊचाई १ मिटर भन्दा बढी छैन् । बर्षात्को मौसममा अथवा नजिकमा रहेको झीलबाट पानीको अति बहाव हुँदा यो सम्पूर्ण क्षेत्र पानीमय हुन पुग्छ । यसकारण सालर डि ड्यूनी भ्रमण गर्ने सबैभन्दा मनोरम उपुक्त बेला बर्षात्को मौसम (डिसेम्बर देखि अप्रिलसम्म) समाप्त हुनासाथको बेला हो । 

यस बखत नुनको मैदान माथि रहेको पानीको पातलो तहले यसलाई ठूलो ऐनामा परिवर्तित गरिदिन्छ । आकाशमा रहेका बादल यस ऐनामा यताउति दगुरेको मनोरम दृश्यले पर्यटकको मनै लोभ्याउँछ । 

बोलिभियाको ‘नेशनल सर्भिस अफ प्रोटेक्टेड एरियाज’ का विशेषज्ञहरुका अनुसार सालर डि ड्यूनीलाई आकार दिने भूमिगत शक्तिले दक्षिण–पश्चिम बोलभियालाई अति नै प्रभावित गरेको छ । सालर डि डुयूनीदेखि ३ सय किमिमा ‘एडुआर्डो एवारोआ नेशनल एडियन वाइल्डलाइफ रिजर्भ’ रहेको छ । यहाँ अनेकन भूतापीय विशेषता पनि रहेका छन् । जस्तै सोल डि मनान गीजर बेसिन । यो बोलिभियाको सबैभन्दा विविधतापूर्ण भू–क्षेत्र हो । 

सोल डि मनाना गीजरका माफिक छ । हिलाम्मे खाडलबाट सधै बाफ उडिरहन्छ, र सल्फर निस्की रहन्छ । सोल डि मनानाबाट ४५ किमि टाढा वन्यजन्तु आरक्षणभित्र ४ हजार ३ सय मिटर ऊचाईमा लैगूना कोलोराडो (राती झील) झील रहेको छ । नुनको यो झीलको गहिराई एक मिटर भन्दा पनि कम छ । यो झीलको रातो पानीले जो कोहिको मन आकृष्ट गर्छ । 

विभिन्न खनिज पदार्थले समृद्ध यस झीलको रातोरंग हुनुका पछाडी कैयन भूमिगत पानीका श्रोत र झरना रहेका छन् । यिनै पानीका श्रोत र झरनाले झीलको तापमान वृद्धि गर्छन् । झीलको पानीमा डुनालिएला सैलीना लेउ वृद्धि भइरहन्छ । यिनै डुनालिएला सैलीना लेउको रातो ‘पिगमेन्ट’ जू प्लैकंटन (जीवाशेष ) र फाइटो प्लैंकटन (पादप अवशेष) संग मिलेर झीलको पानीलाई रातोरंग प्रदान गर्छन् । 

लैगून कोलोराडो ‘फ्लैमिंगों’ लाई गुँड बनाउने उपयुक्त स्थान हो । यसको पानीमा जीव तथा पादप अवशेष प्रशस्त रहेका छन् । यसका चट्टान तथा हिलोबाट शिकारीहरु टाढै रहन्छन् । फ्लैमिंगोंका ६ प्रजाति मध्ये तीन प्रजाति यस झीलमा पाइन्छन, ती हुन एन्डीस, चिली र जेम्स । वास्तवमा जेम्स प्रजातिको फ्लैमिंगोंलाई सन् १९५७ मा यसै झीलमा खोजिएको थियो । सन् १९५७ भन्दा पहिला यो प्रजाति विलप्तु भइसकेको आमधारणा रहेको थियो । 

लैगुना कोलोराडोलाई यसका प्राकृतिक तत्व र विभिन्न रंगका संयोजनले विशिष्ट आभा प्रदान गर्छन् । यहाँको प्राकृतिक वातावरण माथि खतराको बादल मडारीरहेका छन्, आशंका छ अब यहाँको मनोरम वातावरण फेरिन सक्छ । २०१९ को प्रारम्भमा वित्त मंत्रालयले लैंगुना कोलोराडोबाट ४० किमिको दुरीमा भू–तापीय संयन्त्र बनाउने योजनालाई स्वीकृति प्रदान गरेको छ । स्वर्गीय जीव वैज्ञानिक एलियाना फ्लोरेंसले देशभर यस परियोजनाको तीखो विरोध गरेकी थिइन् । उनको भनाई थियो, ‘भूमिगत तातो पानीको दोहनले यहाँको भू–जल स्तरको सन्तुलनलाई नकारात्मक प्रभाव पर्छ । 

सन् २०१२ मा उनले बोलिभियाको राष्ट्रिय समाचारपत्र ‘ला रेजोन’मा लेखेकी थिइन्, ‘भू–तापीय परियोजना निर्माण गर्नुले जेम्स फ्लैमिंगों विलुप्त हुनुका साथै यसले यहाँको नाजुक पारिस्थितिको तन्त्रलाई विनाश गर्छ ।’ 

लैगुना कोलोराडो यहाँको एकमात्रै रंगीन झील होइन । ‘एडुआर्डो एभरो नेशनल एडियन वाइल्डलाइफ रिजर्भ’ को दक्षिणी पश्चिमी कुनामा अवस्थित लैगुना वेर्डे (हरियो लैगुन) र लैगुना ब्लांका (सेतो लैगुन) झील पनि रहेका छन् । 

आर्सेनिक तथा तामाको भारी उपलब्धताका कारण लैगुना वेर्डेको रंग पुदीना जस्तो गाढा हरियो देखिन्छ । यसैगरि लैगुना ब्लांकाको दूध जस्तो सेतो रंग उसको पानीमा रहेको बोरेक्सका कारण हो । 

‘टूर गाइड’ माउरो बेर्ना भन्छन, ‘कहिले काहिँ यहाँ भूगर्भीय गतिविधि हुने गर्छन, यस कारण हामी लैगुनका असली रंग हेर्न पाउँदैनौ ।’ 
हुनत झीलको पानी रंगीन देखिनु अन्य–अन्य कारण माथि भर पर्र्छ, जस्तो कि तापमान, दिनको समयमा हावाको प्रवाह आदि । 

यो लेख बिबिसि ट्रैभलका लागि जुआन मार्टिनेजले लेखेका हुन् । नेपाली पाठकका लागि  यसको अनुवाद आशिष पाैडेलले गर्नु भएकाे हाे –सम्पादक