चन्द्र सतहमा ७९६ मानव निर्मित वस्तु

चन्द्र सतहमा ७९६ मानव निर्मित वस्तु

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७६

काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा अग्लो स्थान सगरमाथा देखि होचो स्थान डेड सी सम्म मानिसले फोहोर गर्न नछोडेको कुनै ठाउँ छैन् । अब अहिले यसमा आएर पृथ्वी भन्दा परको चन्द्रमा पनि थपिएको छ । 

नासाका अनुसार, चन्द्रमाको सतहमा ७९६ वटा मानवनिर्मित वस्तु छोडिएको छ जसमा अमेरिका एक्लैले ७६५ अर्थात (९६ प्र) समान छोडेको हो । जुन अमेरिकाको चन्द्र अभियानका बखत छोडिएका हुन् । 

नासाले ती वस्तु चन्द्र सतहमा कहाँ छन् भन्न नसकिएपनि ती चन्द्रमामै रहेको भनेर एउटा नक्साचित्रमा देखाइएको थियो । 

अमेरिकाले १९६० को दशकमा कैयौं मानवरहित रेंजर स्पेसक्राफ्ट चन्द्रमामा पठाएको थियो । तर, यसमा सफलता मिलेको थिएन । रेंजर ४, ५, ६, ७, ८, तथा ९ चन्द्रमाको सतहमा ठोक्किएर नष्ट भएका थिए । तर, रेंजर ३ भने दिशा अलमल्लिएर चन्द्रमाको अन्य कक्षमा गएको थियो । त्यसपछि पठाइएको लूनर अर्बिटरले चन्द्रमामा मानव अवतरण गर्न उपयुक्त ठाउँको तस्वीर पठाएको थियो । 

चन्द्रमाको सतहका हिसाबले डिजाइन गरिएको सर्वेयर प्रोग्राम पनि ६० को दशकको अन्त्यतिर लन्च गरिएको थियो । यसले अपोलो मिशनलाई कहाँ अवतरण गर्न सकिन्छ भन्ने जानकारी दिएको थियो भने सर्वेयरले चन्द्रमाको भू–आकृतिको तथ्यांक पनि संकलन गरेको थियो । 

२००९मा नासाले लूनर क्रेटर अब्जरभेशन एंड सेंसिंग सैटेलाइट (एलसीआरओेएसएस) चन्द्रमामा पठायो । यसले चन्द्रमामा पानी बरफको रुपमा रहेको हुनसक्ने पनि जानकारी दियो । त्यसै अनुरुप चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ हुनसक्ने अनुमान गरिएको छ । 

१९६९ देखि ७२ को दौरान मानिसले केवल ६ पटक मात्र चन्द्रमाको सतहमा पाइला टेकेका छन् । उक्त समयमा चन्द्र धरातलमा कैयन सामान छोडिएका छन् । यी सामानहरु कहाँ छन् भन्ने बारेमा जानकारी छैन । नक्सामा भने प्रत्येक सामान एक विन्दुका रुपमा देखिन्छन् । बिंदुले चंद्र पृष्ठभूमिमा अधिक स्थान लिन्छन जति चाहिन्छ । तर, यसले कमसेकम हामीले कति सामान छोडेका छौं भन्ने स्मरण गराउँछ । 

चन्द्रमामा छोडिएका अधिकांश सामान अन्तरिक्ष मिशनका लागि सामान्य हो । चन्द्रमामा लगभग सबै पोर्टेबल लाइफ सपोर्ट सिस्टम छोडिएको छ जसले अंतरिक्षयात्रिलाई स्पेससूट भित्र जीवित राख्ने काम गर्थ्याे । 

अपोलो–१७ का अंतरिक्षयात्रीले  रिस्ट मिरर चंद्रमामा छोडेर आए । यो सोलार पावर्ड फ्लैशलाइट जस्तै हुन्छ । यसको पृथ्वीमा एकदमै कम उपयोगिता छ । यसको अलावा एस्ट्रोनट्सले चंद्रमामा साबुन, एंटी–ब्याक्टेरियल क्रीम, हाईजीन किट पनि छोडेको थियो ।