युवकले सर्प टोकेपछि

युवकले सर्प टोकेपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७६

काठमाडौं, एजेन्सी । हामीले सुनेका छौं र भन्ने पनि गरेका छौं, कुकुरले टोक्यो भन्दैमा मान्छेले कुकुरलाई टोक्न मिल्छ ? तर, भारतको उत्तर प्रदेश राज्यको एटा जिल्लाको असरौली गाउँका एक युवकले आफूलाई टोक्ने सर्पलाई चार ट्ुक्रा हुनेगरि टोकिदिए । रक्सिको नशामा चुर ती युवकले सर्प टोकेपछि त्यहिं बेहोश भएका थिए । उनका आफन्तजनले उनलाई तुरंतै अस्पताल लगेका थिए । अहिले उनको अवस्था चिन्ताजनक छ । 

असरौलीका ती युवक राजकुमारका घरमा एउटा समारोह भैरहेको थियो । धेरै पाहुनाहरु पनि आएका थिए । पाहुनाहरुको स्वगतमा मदिरा पनि राखिएको थियो । मदिराप्रेमी मदिरामा लट्ठ थिए । त्यसैबेला घरमा एउटा सर्प देखापर्यो । त्यसपछि कोही भागे भने कोही सर्प मार्न तिर लागे । 

तर, नशामा चुर रहेका राजकुमारले भने सर्पमाथि नै हमला गर्दै हातले समातेर टोक्न थाले । उनले टोकेर सर्पलाई चार टुक्रा पारे । उपस्थित सबै यो क्रियाकलापले हैरान थिए । उनी भने बेहोश भए र उनलाई अस्पताल पुर्याइयो । अहिले पनि उनी अस्पतालको निगरानीमा रहेका छन् ।