तीनवटा एपहरु एकीकृत हुँदै

तीनवटा एपहरु एकीकृत हुँदै

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  माघ १६, २०७५

               

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ ।
यी तीनैवटा एप छुट्टाछुट्टै रहनेछन,  तर तीनै एपबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढङ्गबाट तिनलाई जोडिने प्रविधिको विकास हुन गइरहेको  छ ।
फेसबुकले यो नयाँ प्रक्रियाको शुरुवात गरिसकेर्को  जानकारी बीबीसीलाइ दिएको छ ।
योजनाबारे पहिलो पटक न्यूयोर्क टाइम्सलाई जानकारी गराइयो । यो योजना  फेसबुकका संस्थापक मार्क जकरबर्गको निजी परियोजना रहेको बताइएको छ । प्रकृया सम्पन्न भएपछि कुनै पनि फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्को प्रयोगकर्तासंग सीधै सम्पर्क गर्न सक्नेछन । यो सुविधा हालसम्म उपलब्ध छैन ।
सन २०१९ को अन्त वा २०२०को शुरुमै यो परियोजनाको  सम्पूर्ण काम सम्पन्न हुने लक्ष्य लिइएकोे छ ।

के हो फेसबुकको योजना


बीबीसीका विज्ञान तथा प्रविधि सम्वाददाता क्रिस फक्स भन्छन, फेसबुकले यसबारे जानकारी बाहिर ल्याउन चाहेको थिएन, तर न्यूयोर्क टाइम्ससँगको कुराकानीमा यो कुरा लुक्न सकेन । 
अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू रहेका छन । 

मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबुकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ । उसले थप प्रतिस्पर्धी नयाँ नयाँ फिचरहरूको विकास गर्नुपर्ने आवश्यक्ता रहँदैन ।
एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई सजिलै जानकारी पठाउन सकिने छ । यसले फेसबुकको डाटा तीनवटै एपहरूमा पठाउन सक्नेछ । 
 

साझा तथ्याङ्क

फेसबुकका संस्थापक मार्क जकरबर्गले एकीकरणको योजना अघि बढाउन काम गरिरहेका छन्।
उनले तीनवटै एपको मेसेजिङ सेवालाई एकीकृत गरेपछि प्रयोगकर्ताले धेरै भन्दा धेरै समय सामाजिक संजालमा बिताउने अपेक्षा गरेका छन । तीनवटै एपका प्रयोगकर्ताहरू फेसबुक अन्र्तगत रहने र प्रयोगकर्ताहरूको त्यो विशाल संख्याले गुगलको मेसेजिङ सेवा र एप्पलको आइमेसेजसँग प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्ने अपेक्ष गरिएको छ ।
हामी मेसेजिङको उत्कृष्ट अभ्यास र अनुभव निर्माण गर्न चाहन्छौं । मानिसहरू आफ्ना सन्देशहरू सरल, भरपर्दो, गोप्य र छिटो ढङ्गले पुगुन भन्ने चाहन्छन फेसबुकले आफ्नो एउटा वक्तव्यमा भनेको छ ।
तीनवटै मेसेजिङ एपहरू एउटै प्रणालीभित्र ल्याउने प्रकृया पूरा भएपछि फेसबुकको स्वरुपमा अहिलेभन्दा धेरै परिवर्तन देखिनेछ । 
                                         

 साभार बिबिसि नेपाली सेवा