एयरपोर्टमा मिसाइल लन्चर

एयरपोर्टमा मिसाइल लन्चर

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १४, २०७६

वाशिंगटनको एउटा एयरपोर्टमा अधिकारीहरूले मिसाइल लन्चरका साथ एक अमेरिकी नागरिकलाई गिरफ्तार गरेका छन् । 

वाशिंगटन, एजेन्सी । अमेरिकी अधिकारीहरूले साउन १३ गते एक अमेरिकीलाई मिसाइल लन्चरका साथ गिरफ्तार गरेका छन् ।  अमेरिकाको टेक्सास राज्यको निवासी रहेका ती व्यक्ति कुवेतबाट अमेरिका फर्कदै थिए ।

अधिकारीहरूले उक्त व्यक्तिलाई एयरपोर्टमै मिसाइल लन्चरका साथ नियन्त्रणमा लिएका थिए । 

नियन्त्रणमा लिइएका ती व्यक्तिले चिनोको रूपमा उक्त मिसाइल लन्चर कुवेतबाट ल्याएको बयान दिएका छन् । 

अमेरिकन परिवहन सुरक्षा प्रशासनका प्रवक्ता लिसा फरबस्टिनले ट्विटमार्फत् उक्त जानकारी सार्वजनिक गरेकी हुन् । 

टेक्सास राज्यको ज्याकशनिभले निवासी यो व्यक्ति सैन्यकर्मी भएको जनाइएको छ । 

अधिकारीहरूले जफत गरिएको लन्चर सुरक्षित तवरले नष्ट गर्न राज्यका फायर मार्शल कार्यालयलाई पठाएका छन् ।