अपरेसन गर्नुभन्दा त्यसपछिको हेरचाह जोखिमपूर्ण

अपरेसन गर्नुभन्दा त्यसपछिको हेरचाह जोखिमपूर्ण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १४, २०७६

वैज्ञानिक अध्ययनले यो तथ्य प्रकाशमा आएको छ- बिरामीलाई अप्रेसन गर्नुभन्दा त्यसपछि स्वास्थ्यलाभ पाउन धेरै बाधा आउँछ । 

नयाँ दिल्ली, दैनिक जागरण । एक अध्ययनका शोधकर्ताले दाबी गरेका छन्- कार्डियक (मुटुसम्बन्धी) बाहेक अन्य अप्रेसनमा हुने जोखिमभन्दा त्यसपछि स्वास्थ्य लाभ लिन बढी जोखिमयुक्त हुन्छ । 
अप्रेसनपछि हुने गरेका हेलचेक्राइ र समुचित रेखदेखको अभावमा धेरै बिरामीको मृत्यु हुने गर्छ । 

शोधकर्ताका अनुसार कार्डियकसम्बन्धी अप्रेसनमा भने स्थिति यसको उल्टो हुन्छ । मुटुसम्बन्धी अप्रेसनमा भने शल्य चिकित्सकले अलिकति पनि चुकेले रोगीको ज्यान जान सक्छ ।

डिस्चार्जपछि हुन्छ धेरै जोखिम

सिएम जे (क्यानेडियन मेडिकल एसोसिएसन जर्नल)मा प्रकाशित अध्ययनमा भनिएको छ- कार्डियकबाहेक हुने अप्रेसनहरूमा अस्पतालबाट डिस्चार्ज भएपछि बिरामीलाई झनै बढी जोखिम हुन्छ । कार्डियकबाहेक अप्रेसन केसमा ‘अपरेसन थिएटर’मा हुने मृत्युदर ०.७ प्रतिशत हुने गर्छ । तर, अस्पतालबाट डिस्चार्ज भई घर पुगेको बिरामी मृत्यु भने डरलाग्दो (२९ प्रतिशत) रहेको छ । यस सम्बन्धमा विशेषज्ञहरूको भनाइ छ– अपरेसनपछि बिरामीसँगै धेरै लापरवाही नै यसको प्रमुख कारण हो । 

म्याकमास्टर युनिभर्सिटीका पिजे डेवरेक्सकमा अनुसार कार्डियकबाहेक हुने गरेका सबै खाले अप्रेसनमा सबैभन्दा बढी मृत्युदर वयस्कको हुने गर्छ । उनका अनुसार यसो हुनुमा बिरामी र उसको हेरचाह गर्नेको लापरवाही नै प्रमुख कारण हो । 

सिएमजेले गरेको अध्ययन अनुसार उत्तर तथा दक्षिण अमेरिका, युरोप, अफ्रिका र अस्ट्रेलियाका ४५ वर्षभन्दा माथिका ४००४ वयस्कलाई सम्मिलित गरिएको थियो । यी सबैले २००७ र २०१३ का बीच अप्रेसन गराएका थिए । अध्ययनबाट थाहा हुन आयो– कार्डियकबाहेक अप्रेसन गराउनेको ३० दिनभित्र मृत्युदर १.८ प्रतिशत रहेको थियो । यसरी मृत्यु हुनुको प्रमुख कारण रक्तस्राव र हृदयको मांशपेशीमा गम्भीर संक्रमण थियो । 

पिजे डवरेक्सका अनुसार विश्वभरमा कार्डियकबाहेक १० करोड वयस्कले अन्य किसिमको अप्रेसन गराउँछन् । यीमध्ये १८ लाख बिरामीले अप्रेसन गरेको ३० दिनभित्रै मृत्युवरण गर्छन् । यस तथ्यांकले यो वैश्विक समस्या भएको स्पष्ट हुन्छ ।