आसामको सबैभन्दा मह‌ंगाे चिया

आसामको सबैभन्दा मह‌ंगाे चिया

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७६

काठमाडौंं, एजेन्सी । आसामको दुर्लभ मनोहारी गोल्ड अहिलेसम्मको सबैभन्दा महंगो किसिमको चिया बनेको छ ।  जुलाई ३० मा गुवाहाटी टी अक्शन सेंटरमा  एक किलो मनोहारी गोल्ड टी ८०,००० रुपैयाँमा बिकेको छ । पछिल्लो वर्ष यो किसिमको चिया ६२,४०० रुपैयाँमा बिकेको थियो । 

यसभन्दा अघि २०१८ मा अरुणाचल प्रदेशको डोनी पोलो टी इस्टेटको गोल्डन नीडल भेराइटी ६४,००० रुपैयाँ प्रतिकिलो बिकेको थियो । 

गुवाहाटी टी अक्शन बायर एसोसिएशनका सचिव दिनेश बिनानीले सार्वजनिक अक्शनमा कुनै पनि चियाको यो सबैभन्दा महंगो बोली भएको दावी गरे । 

माथिल्लो आसामको डिब्रूगढ़मा मनोहारी टी इस्टेटका मालिक राजन लोहियाले यस किसिमको चिया केवल ५ किलो मात्र बनाएको बताए । यो तयार गर्नु एकदमै कठिन काम हो किनकि मौसमले साथ दिएन् । यसलाई पातबाट नबनाइकन सानो कोपिलाबाट तयार गरिएको हो । यसमा पछिल्लो पाँच वर्षदेखि काम भैरहेको छ । यो कोपिलालाई एकदमै ध्यानपूर्वका टिप्नुपर्छ । यो एकदमै कमलो हुन्छ ।

संसारमा आसाम, दार्जिलिंग तथा नीलगिरीको चियाको सबैभन्दा धेरै माग रहेको छ ।