संसद भोलि सम्मका लागि स्थगित

संसद भोलि सम्मका लागि स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसदमा नारा लगाउँदै सदन अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो।

आजको बैठकमा कांग्रेस र राजपाका सांसदले संसदमा रोष्टम अगाडी उभिएर नाराबाजी गरेका थिए। उनीहरुले ‘निर्मला पन्तका हत्यारालाई कारबाही गर, सर्लाहीमा प्रहरीसँगको मुडभेडमा मारिएका भनिएका कुमार पौडेलको हत्याको छानबिन गर’ भन्दै नारा लगाएका थिए। यसअघि सोमबारको बैठक पनि कांग्रेस र राजपाका सांसदको अवरोधका कारण स्थगित भएको थियो।