पृथ्वी नजिक आउँदैछ ‘ऐस्टेरायड’

पृथ्वी नजिक आउँदैछ ‘ऐस्टेरायड’

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  साउन १५, २०७६

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार २००६ क्यु क्यु २३ नामक एउटा ‘ऐस्टेरायड’ पृथ्वीनजिक हुँदै गुज्रिन गइरहेको छ । १० अगस्तमा यो पृथ्वीको सर्वाधिक नजिकबाट भएर जान्छ । यसको पृथ्वीमा ठोक्किने सम्भावना भने नगण्य नै छ । तर कथमकदाचित पृथ्वीको गुरुत्वाकर्षणले तानेर यो पृथ्वीमा खस्यो भने यसले ठूलै विनाश गर्छ । 

काठमाडौं, एजेन्सी । सौर्यमण्डलको पृथ्वीपछिको ग्रह मंगल र मंगलपछिको सबैभन्दा ठूलो ग्रह बृहस्पतिबीचको ठूलो आकाशीय दूरीलाई ‘ऐस्टेरायड बेल्ट’ भनिन्छ । यस क्षेत्रमा लाखौ खगोलीय पिण्ड छन्, जुन १ मिटरदेखि दसलाख मिटर डायमिटरका छन् । खगोल विज्ञानले यिनलाई ‘ऐस्टेरायड’ (ग्रहिका) नामाकरण गरेको छ । यीमध्ये केही ठूला ‘एजेन्सी’को डायमिटर ५०० किमिसम्म रहेको छ । यी सबै ‘ऐस्टेरायड’ले सूर्यको परिक्रमा गर्छन् । यसरी सूर्यको परिक्रमा गर्ने बेलामा कहिलेकाहीँ पृथ्वीको नजिक भएर गुज्रिन्छन् । 

यस्तै, एउटा ‘ऐस्टेरायड’लाई २१ अगस्त २००६ मा चिन्हित गरिएको थियो । त्यो बेला यो ‘ऐस्टेरायड’ सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदै आफ्नो परिक्रमा पथमा अगाडि बढेको थियो । सन् २००६ मा १० दिनसम्म नासाका वैज्ञानिकले यसलाई पछ्याएका थिए । १० दिनपछि यो वैज्ञानिकका आँखाबाट ओझेल हुन गएको थियो । 

नासाका वैज्ञानिकले त्यही बेला यसलाई २००६ क्यु क्यु २३ नाम प्रदान गरेका थिए । सन् २०१९ मा आएर एकपटक फेरि यो पृथ्वीको नजिकबाट हुँदै गुज्रिने क्रममा छ । चिलीमा रहेको टेलिस्कोपमार्फत् वैज्ञानिक यसको अनुसन्धानमा लागेका छन् । उनका अनुसार आउँदो १० अगस्तमा यो पृथ्वीको सर्वाधिक निकटबाट भएर जानेछ । नासाका वैज्ञानिक एक पटक पुनः यसको आकारप्रकार र प्रकृतिबारे बुझ्न सक्रिय बनेका छन् । 

‘ऐस्टेरायड’ आफ्नो परिक्रमा पथमा गति गर्दै पृथ्वीको नजिकबाट गुज्रिँदा टेब्लोइड पत्रकारिताले जनमानसमा त्रास फैलाउँछ । ‘ऐस्टेरायड कमेट’ आदि खगोलीय पिण्डको सूर्यलाई आफ्नो पथमा रहेर परिक्रमा गर्ने प्राकृतिक व्यवस्था छ । यस क्रममा यी खगोलीय पिण्ड पृथ्वीको नजिक भएर गुज्रिने गर्छन् । यिनको पृथ्वीमा ठोक्किने सम्भावना अत्यन्त अल्प हुन्छ ।

‘ऐस्टेरायड’ आफ्नो परिक्रमा पथमा गति गर्दै पृथ्वीको नजिकबाट गुज्रिँदा टेब्लोइड पत्रकारिताले जनमानसमा त्रास फैलाउँछ । ‘ऐस्टेरायड कमेट’ आदि खगोलीय पिण्डको सूर्यलाई आफ्नो पथमा रहेर परिक्रमा गर्ने प्राकृतिक व्यवस्था छ । यस क्रममा यी खगोलीय पिण्ड पृथ्वीको नजिक भएर गुज्रिने गर्छन् । यिनको पृथ्वीमा ठोक्किने सम्भावना अत्यन्त अल्प हुन्छ । नासाको ‘सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज’का म्यानेजर पाल चडसका अनुसार २० हजारभन्दा बढी भएका अनुसन्धानले के कुरा स्पष्ट गरेको छ भने कुनै पनि आकाशीय पिण्ड आफ्नो परिक्रमा पथमा गतिशील रहँदा पृथ्वीको नजिकबाट गुज्रिँदा तिनको पृथ्वीमा खस्ने सम्भावना १००००ः१ हुने गर्छ । 

सन् २००७ मा यो ऐस्टेरायड पृथ्वीको नजिकबाट गुज्रिँदा यसको अध्ययनको क्रममा यसको डायमिटर २५४ देखि ५६८ मिटरसम्म रहेको ज्ञान हुन आएको थियो । यसले सूर्यको एक परिक्रमा २६३ दिनमा पूरा गर्छ । वैज्ञानिकहरूले यसलाई ‘अटेन’ श्रेणीको ‘ऐस्टेरायड’मा राखेका छन् । ‘अटेन’को अर्थ हुन्छ, सूर्यको परिक्रमा गर्दा पृथ्वी नजिकबाट भएर जाने ‘ऐस्टेरायड ।’ नासाले गरेको अध्ययन अनुमान अनुसार यो ‘ऐस्टेरायड’ अगस्त १० का दिन पृथ्वीबाट ७४ लाख ४५ हजार ५ सय ९२ किमि टाढाबाट गुज्रिनेछ । पृथ्वी र चन्द्रमाको दूरी ३ लाख ८४ हजार किमि हो । 

१० अगस्तमा पृथ्वी नजिक भएर जाने ‘ऐस्टेरायड’ पृथ्वी र चन्द्रमाको दूरीभन्दा झण्डै २० गुणा बढी दूरीबाट भएर जान्छ । यसको पृथ्वीमा खस्ने सम्भावना ७०००ः१ मात्रै छ । र, यति सानो आकार (२५४–५६८ मिटर)को ‘ऐस्टेरायड’ पृथ्वीमा खसेको खण्डमा पनि पृथ्वीको माथिल्लो वातावरण ‘मेसोस्फेयर’मा प्रवेश गर्न जलेर नष्ट हुन्छ ।