पर्यटन मन्त्रीमा याेगेश भट्टराई नियुक्त

पर्यटन मन्त्रीमा याेगेश भट्टराई नियुक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् । 
भट्टराईले आज चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । 

गत फागुन १५ गते मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री पद रिक्त थियो ।
ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका भट्टराई पहिलोपटक मन्त्री  हुन लागेका हुन् ।