डाक्टरले नसकेपछि बिरामी आफैंले खोजे कारण

डाक्टरले नसकेपछि बिरामी आफैंले खोजे कारण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकामा ११ वर्ष अस्पतालको विच्छ्यौनामा रहेका बिरामी डाउ लिंडसेको बीमारीको उपचारको कारण खोज्न नसकेपछि डाक्टरले पनि हार मानिसकेका थिए । डाक्टरले उनको बिरामी थाइराइडसँग सम्बन्धित रहेको बताए पनि उपचार भने गर्न सकेनन् । 

तर, लिंडसेले दुई हजार पाँचसय पेजको एंडोक्रिनोलोजी पुस्तक पढ़े । । २०१० मा उनलाई एड्रीनल ग्ल्याण्डमा ट्यूमर भएको थाहा भयो । त्यसपछि उनले आफ्नो वैज्ञानिक मित्रको सहयोगमा आफ्नो अपरेशन गरे । त्यसपछि उनी हिंडडुल गर्ने भए र २०१४ मा भने उनी    
पूर्णरुपमा ठिक भए । अहिले उनी मोटिभेशनल स्पीकर बनेका छन् । 

रकहर्ट्स युनिभर्सिटीमा पढ्ने छात्रा लिंडसे जब १९९९ मा २१ वर्षका थिए त्यसबेला उनी घरमा बेहोश भएर ढलेका थिए । उनी बारम्बार बोहोश हुने गर्थे । डाक्टरले उनको बेहोशीको कारण के हो भनेर थाहा पाउन सकेका थिएनन् । 

उनको आमा तथा फुपुलाई पनि यो बिमारी भएको थियो ।