नेपालमा धर्मान्तरणविरुद्ध हिन्दू एकजुट

नेपालमा धर्मान्तरणविरुद्ध हिन्दू एकजुट

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १५, २०७६

काठमाडौं । राजधानी काठमाडौंमा सम्पन्न हिन्दू अगुवाहरुकाे दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीले नेपालमा भइरहेको धर्मान्तरणविरुद्ध विश्वभरका हिन्दू एकजुट हुनेलगायत तीन बुँदे घोषणापत्र जारी गरेको छ । 

यस्तै, गोष्ठीले यही वर्ष ‘हिन्दू थट लिडर्स मिट्स’ कार्यक्रम मलेसियामा गर्ने निर्णय पनि गरेको छ । गोष्ठी विश्व हिन्दू महासंघ र ग्लोबल हिन्दू फेडेरेसनको आयोजनामा गोष्ठी भएको हो । 

‘जागौँ र उठौँ’ भन्ने मुख्य नारा बोकेको गोष्ठीमा भारत, बेलायत, बंगलादेश, इण्डोनेसिया, मोरिसस, मलेसिया, साउदी अरेवियालगायत देशबाट सहभागी आएका थिए । 

गोष्ठीमा भारतीय जनता पार्टीका नेता तथा सांसद् डा. सुब्रमनियम स्वामी प्रमुख अतिथि रहेका थिए । गोष्ठीमा नेपालमा दिनानुदिन बढ्दै गएको धर्मान्तरण र यसले निम्त्याउने चुनौतीका बारेमा छलफल भएको थियो । गोष्ठीले नेपाललगायत विश्वका विभिन्न मुलुकमा मिसिनरीद्वारा बढ्दै गएको धर्मान्तरण विरुद्धमा एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।