अन्तिम संस्कारका लागि गएका इमामको मृत्यु, मृतक भनिएका जिउँदै

अन्तिम संस्कारका लागि गएका इमामको मृत्यु, मृतक भनिएका जिउँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १५, २०७६

काठमाडौं, एजेन्सी । सऊदी अरेबियाको मारोकेच शहरको एक अस्पतालमा २७ जुलाईमा भर्ना भएका एकजना बिरामीलाई डाक्टरले मृत घोषित गरे । मृत्यु प्रमाणमत्र पनि जारी गरे । 

उनका आफन्तजनले ती मृतकको अन्तिम संस्कारको तयारी शुरु गरे । मस्जिदबाट इमाम बोलाइयो । जब इमामले अन्तिम संस्कारको नमाज पढ्ने थाले, मृतक भनिएका व्यक्ति जुरुक्क उठेर बसे । यो देखेर इमाम यत्ति धेरै डराए कि उनलाई हार्ट अट्याक भयो र उनी जमिनमा ढले । एम्बुलेंसमा उनलाई अस्पताल लगियो तर अस्पतालले उनको मृत्यु भैसकेको घोषणा गर्यो । 

सऊदी अरेबियाको वेबसाइट लाइन इन सऊदी अरबका अनुसार अघि मृतक ठानेर अन्तिम संस्कारका लागि सहभागी भएका उनका आफन्तजन अब इमामको अंतिम संस्कारको तयारीमा लागे । 

सोशल मीडियामा यो खबर भाइरल भएको छ । धेरै मानिसले इमामको आत्माको शांतिको कामना गर्दै प्रार्थना गरिरहेका छन् ।