एक वर्षामा चार अर्बको अलैँची निर्यात

एक वर्षामा चार अर्बको अलैँची निर्यात

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १६, २०७६


झापा । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा  चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट  चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले २०७६ साउन ज्१५ गते विहिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनुभएको छ ।

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात  हुँदै आएकाे छ । प्रति मन ९४० केजी०को हाल बजार मूल्य रु २८ हजार रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउनुहुन्छ ।

केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ । ९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलैंचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउनुहुन्छ ।