अस्ट्रेलियामा पनि ‘गीतामा हात’

अस्ट्रेलियामा पनि ‘गीतामा हात’

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७६

काठमाडौं, एजेन्सी । अस्ट्रेलियाको क्यापिटल टेरेटोरी (एसीटी) एसेंबलीमा भारतीय मूलका–अस्ट्रेलियन मेंबर दिपक राज गुप्ताले ३० जुलाईका दिन भगवद् गीतामा हात राखेर शपथ लिएका छन् । 

दिपकले भने, ‘अस्ट्रेलियाको सदनमा बाइबल छोएर सपथ खाने परम्परा छ । तर, मैले गीतामा हात राखेर सपथ लिने विचार एसेम्बली अधिकृत समक्ष राखें । उनीहरुले नियम हेरे र अन्य धर्मावलम्वी सदस्यले अन्य धर्म ग्रन्थका साथ शपथ लिन सक्ने बताए । त्यसपछि मलाई अनुमति दिइयो मैले आफूसँग गीता लिएर गएको थिएँ र छोएर शपथ खाएँ । पछि त्यो गीता मैले सदनलाई उपहार स्वरुप दिएँ ।’
 
उनका भाई अनिल राजका अनुसार दिपकले अस्ट्रेलियामा बसेर पनि भारतीय संस्कृतिलाई बिर्सेनन् । उनले भारतीय संस्कृतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम संचालन गरे । क्यानडामा भारतका विभिन्न पर्व मनाइन्छ । जसमा मंत्रि तथा अन्य विशिष्ट व्यक्तिलाई बोलाइन्छ जसले गर्दा उनीहरुलाई भारतीय संस्कृतिका बारेमा जानकारी होस । यस्तै कार्यक्रम गरे वापत दिपकले मल्टी कल्चर एडभोकेट तथा एक्सीलेंस कम्युनिटी सर्विसको अवर्ड पनि प्राप्त गरेका थिए । 

दिपक २००६ देखि २०१६ सम्म अस्ट्रेलिया–इंडिया बिजनेस काउंसिलका अध्यक्ष पनि भएका थिए । यो अस्ट्रेलियाको नेशनल अर्गेनाइजेशन हो, जसको उद्देश्य दुई देशको व्यापार वृद्धि गर्न मद्दत गर्नु हो ।