नाक, कान र घाँटीको छुट्टै अस्पतालको खाँचो

नाक, कान र घाँटीको छुट्टै अस्पतालको खाँचो

डा. प्रेमलकुमार जोशी  |  स्वास्थ्य  |  श्रावण १६, २०७६

पछिल्लो समय नाक, कान र घाँटीसम्बन्धी बिरामीको संख्या बढेको पाइन्छ । यससम्बन्धी रोग विभिन्न कारणले हुन सक्छन्, जस्तैः हाइअल्टिच्युट, खानपानको गलत व्यवहार, दूषित पानी तथा वातावरण, अत्याधिक ध्वनि प्रदूषणलगायत कारण यसका मुख्य कारण मानिन्छन् । 

काठमाडौं उपत्यकामा भने वायु र ध्वनि प्रदूषण नै मुख्य कारण देखिएको छ । अत्यधिक ध्वनि प्रदूषणले कानको जालीमा असर गर्ने गरेको पाइएको छ । अत्यधिक ध्वनि प्रदूषणका कारण कानसम्बन्धी समस्या देखिने मात्रै होइन, मानसिकरूपमा पनि समस्या देखिन सक्छ । त्यसकारण यी रोग लाग्न नदिन सचेत हुनु आवश्यक छ । 

खानपान र रहनसहन जीवनशैली गलत हुँदा कति मानिसलाई यससम्बन्धी रोग लाग्न सक्छन् । त्यसकारण यस्ता मानिसले दैनिक व्यवहार र रहनसहन परिवर्तन गर्नुपर्ने हुन सक्छ । 
‘रोग लागेर उपचार गर्नुभन्दा पनि रोगै लाग्न नदिनु बुद्धिमानी हो’ भन्ने कुरालाई आत्मसाथ गर्नु जरुरी छ । 

नाक, कान र घाँटीको एक–अर्कोसँग सोझो सम्बन्ध हुन्छ । शरीरमा लाग्ने ६० प्रतिशत रोग नाक, कान र घाँटीबाट संक्रमण हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसकारण यससम्बन्धी रोग लाग्न नदिन हरेक मानिसले ध्यान पुर्याउनु जरुरी छ । यस्तै, राज्यले यससम्बन्धी रोगबारे जनचेतना फैलाउन आवश्यक छ । 

नाक, कान र घाँटीको एक–अर्कोसँग सोझो सम्बन्ध हुन्छ । शरीरमा लाग्ने ६० प्रतिशत रोग नाक, कान र घाँटीबाट संक्रमण हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसकारण यससम्बन्धी रोग लाग्न नदिन हरेक मानिसले ध्यान पुर्याउनु जरुरी छ । यस्तै, राज्यले यससम्बन्धी रोगबारे जनचेतना फैलाउन आवश्यक छ । 

नेपालमा अझै पनि बच्चाको कानमा तेल हाल्ने गरेको पाइन्छ । यसले कानमा विभिन्न संक्रमणको जोखिम हुन्छ । पछिल्लो अध्ययनले कानमा तेल राख्दा विभिन्न विकार पैदा भएर मानिस रोगीसमेत हुने देखाएको छ । त्यसैले आम नागरिकलाई यसबारे जानकारी दिनु आवश्यक छ । 

आफ्नै हेलचेक्र्याइँका कारण मासिन पिनास लगायतका रोगबाट संक्रमित हुनुपरेको छ ।

चिन्ता नलिए, शारीरिक अभ्यास तथा पर्याप्त आराम गरे पनि केही हदसम्म रोगबाट जोगिन सकिन्छ । अझ दुई घण्टा काम गरेपछि १० मिनेट जति आराम लिनु पर्ने वैज्ञानिकले सुझाएका छन् । यसका साथै सकारात्मक सोचले पनि निरोगी हुन सहयोग पुग्ने विश्वास गरिन्छ । 

वायु/ध्वनि प्रदूषणको असर

वायु प्रदूषणले सबैभन्दा पहिला नाक प्रभावित हुन्छ । नाकबाट जोडिएको नली कानसम्म पुगेको हुन्छ । कहिलेकाहीँ नाकका कारण पनि कानमा पानी पुग्ने र कानमा पानी जम्न सक्छ । 

यस्तै, वायु प्रदूषणको प्रत्यक्ष असर घाँटीमा पनि परिरहेको हुन्छ । ध्वनि प्रदूषणले प्रत्यक्ष रूपमा कानलाई प्रभावित तुल्याउँछ भने कानले सुन्ने भन्दा बढी क्षमताको आवाज कानमा पर्‍यो भने भित्रका नशाले काम गर्न छोड्ने बढी सम्भावना हुन्छ । जस्का कारणले मानिस बहिरोपनको समस्या पनि देखिनसक्छ । 

तर, नेपालमा हालसम्म नाक, कान र घाँटीसम्बन्धी अलग्गै अस्पतालको स्थापना हुन सकेको छैन । यो दुर्भाग्य हो । 

यती ठुलो समस्या हुँदासम्म नेपालमा हालसम्म नाक, कान र घाँटीसम्बन्धी अलग्गै अस्पतालको स्थापन नहुनु दुर्भाग्यको कुरा हो । नाक, कान र घाँटी सम्बन्धी बहिरङ्ग सेवा लिने बिरामीको चाप दैनिक बढिरहेको भए पनि यसप्रति कसैको खास ध्यान  गएको देखिँदैन । यसका लागि  सिनियर नाक, कान र घाँटीका चिकित्सकहरूको  ध्यान  गइरहेको छैन । ध्यान तत्काल ध्यान जान जरुरी छ । नाक, कान र घाँटीलाई  महत्त्व  र आवश्यकता आधारमा पनि अलग्गै अस्पताल खोल्नमा राज्यले गरिनुपर्छ । यसको लागि चिकित्सकदेखि राज्यले प्राथमिकतामा पर्नु पर्दछ ।