घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १६, २०७६

काठमाडौं । केही दिनयता उतारचढाव रहेको सुनको मूल्य बिहीबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजावी सुनमा प्रतितोला चार सय रूपैयाँ घटेको हो । 

छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य ६५ हजार रूपैयाँ कायम थियो । तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार यसको मूल्य ६५ हजार १ सय रूपैयाँ कायम गरिएको थियो । 

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६५ हजार २ सय र तेजावी सुन प्रतितोला ६४ हजार ९ सय रूपैयाँमा कारोवार भएको थियो । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ७७० रूपैयाँमा कारोवार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ७८० रूपैयाँमा कारोवार भएको थियो ।