सांस्कृतिक कलाकर्मीको पुनर्बास नगरमा विष्ट

सांस्कृतिक कलाकर्मीको पुनर्बास नगरमा विष्ट
नेपाल सांस्कृतिक कलाकर्मी संघ, पुनर्बास नगर समितिका पदाधिकारी, सदस्यलगायत ।

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण १६, २०७६

कञ्चनपुर । नेपाल सांस्कृतिक कलाकर्मी संघ, पुनर्बास नगर समितिको अध्यक्षमा गोमती विष्ट चयन हुनुभएको छ । 

यस्तै, उपाध्यक्षमा शारदा चौधरी, महासचिवमा  अनिता तामाङ, उपमहासचिव भीम नेपाली, कोषाध्यक्ष माया विष्ट चयन भएका छन् । 

सदस्यहरूमा चन्द्रसिंह ठकुरी, कलाचन्द्र राना, गोरख भट्ट र किरन रोकाया चयन हुनुभएको छ । 

नेपाल सांस्कृतिक कलाकर्मी संघ, कञ्चनपुर उपाध्यक्ष भागरथी विष्टको सभापतित्वमा भएको कार्यक्रममा पूर्वसभासद् दिवानसिंह विष्ट प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपाल सांस्कृतिक कलाकर्मी संघका राष्ट्रिय उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ विशिष्ट अतिथि रहनुभएको थियो ।