सामान्य अङ्कले घट्यो नेप्से

सामान्य अङ्कले घट्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १६, २०७६

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । 

कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर ५९ करोड पाँच लाख ८८ हजार २ सय ३९ रूपैयाँमा खरिद–बिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । निर्जीवन बीमा ३.५५, लघुवित्त १५.६३ र जीवन बीमा २०.८७ बिन्दुले उकालो लाग्दा वित्त क्षेत्रको कारोबार भने वृद्धि भएको देखिए पनि विवरण सार्वजनिक गरिएको छैन । 

यस्तै बैंकिङ ३.६८, होटल १२.३९, विकास बैंक १.०७, जलविद्युत् ०.८३, उत्पादन २.४७, अन्य २.९ र सामूहिक लगानी कोष ०.०३ अंकले घटेको छ । व्यापार उपसमूहको शेयर कारोवार वृद्धि भए पनि विवरण उल्लेख छैन । 

कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड ४५ लाख ५७ हजार १४ मूल्यमा शेयर खरिद–बिक्री भए । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको तीन करोड ५२ लाख २८ हजार ६ सय ६७, मुक्तिनाथ विकास बैंकको एक करोड ७९ लाख ६६ हजार ३ सय ५६, नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको संस्थापक शेयर एक करोड ७२ लाख २५ हजार, नेपाल बैंक लिमिटेडको एक करोड ७० लाख ८२ हजार २ सय ५५ र प्रभु बैंकको एक करोड ६८ लाख दुई हजार ५ सय ४४ रूपैयाँमा खरिद–बिक्री भई शीर्ष स्थानमा छन् । 

स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था ९.९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९.८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए । 

त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनी ४.४४, पोखरा फाइनान्स ३.५२, आइएमई जनरल इन्स्योरेन्स ३.५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३.१० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २.८० प्रतिशतले गुमाएको खबर राससमा छ ।