सुपर–३० ले कमायो १५० करोड

सुपर–३० ले कमायो १५० करोड

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण १६, २०७६

काठमाडौं । ऋतिक रोशन अभिनीत फिल्म सुपर–३० ले बक्स अफिसमा त सफलता पाइरहेकै छ, साथै सामाजिक मुद्दामा आधारित फिल्म भएका कारण चर्चा बटुलिरहेको छ । 

फिल्मले ३० जुलाईसम्म १३० करोड़ रुपैयाँ कमाई गरेको थियो । अब भने यसले बक्स अफिसमा १५० करोड़को आंकड़ा पार गर्ने संघारमा छ । 

फिल्मका बारे समाजको भलाईका लागि एकजना मान्छेको संघर्षको कथा सबैले हेर्नुपर्छ भनेर भारतका उपराष्ट्रपति वेंकैया नायडू, उत्तर प्रदेशका सीएम योगी आदित्यनाथ, दिल्लीका  उपमुख्यमंत्री मनीष सिसोदिया तथा राजस्थानका मुख्यमंत्री गहलोतले भनेपछि फिल्मले बेग्लै उचाई बनाएको हो । व्यापारी, खेलाडी लगायत अन्यले पनि फिल्मको तारिफ गरेपछि फिल्मको चर्चा झन चुलिएको हो । 

चारवटा राज्य तथा राजधानी दिल्लीले यो फिल्मको मनोरंजन कर हटाए पछि दर्शक फिल्मप्रति झन जिज्ञासु भएका छन् ।