दैनिक टिप शुल्कबाट  चालकलाई हिरासत भत्तादेखि  अपाङ्ग सहयाेगसम्म

दैनिक टिप शुल्कबाट  चालकलाई हिरासत भत्तादेखि  अपाङ्ग सहयाेगसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

ललितपुर । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन ललितपुर महानगर कमिटीका सदस्यबाट हरेक सार्वजनिक सवारीचालकसँग दैनिक टिप शुल्क उठाउने गरेको छ ।

ललितपुरका यातायात मजदूरलाई आवश्यक परेका बखत सहयोग उपलब्ध गराउन सङ्गठन महानगर कमिटीले दैनिक  २५ उठाउने गरेको जनाएकाे छ ।  मजदूरको पेशालाई मर्यादित, व्यवस्थित र सङ्गठित बनाउँदै अघि बढाउन सङ्गठन महानगर कमिटीले टिप शुल्क उठाउने गरेको ललितपुर महानगर कमिटीका अध्यक्ष सरन लामाले जानकारी दिनुभयो ।

'कमिटीले दैनिक टिप गरेका सवारी चालकसँग  २५ उठाउने गर्छ', लामाले भन्नुभयो, 'हाल सङ्गठन महानगर कमिटीमा दुई हजार सदस्य आबद्ध भइसकेका छन् । हरेक चालकसँग सवारीसाधन चलाएको दिनमा कमिटीले मात्र  २५ उठाउने गरेको छ ।'

 चालक पेशालाई आफ्नो जीवनको माध्यम बनाएर अघि बढेका मजदूरलाई सो रकमले आवश्यक परेका समय निकै सहयोग पुर्‍याउने बताइएको छ । सङ्गठनले सवारीसाधन चलाएका बखत एक्कासि पर्ने दुर्घटनामा गिरफ्तार हुने चालकलाई दैनिक हिरासत भत्ता दिन, चालकको उपचारमा खर्चमा लागेको ५० प्रतिशत रकम तिरिदिन, दैवीप्रकोप र विपत्तिको शिकार हुन पुगेका मजदूरको सहयोग गर्न यस कामलाई अघि बढाएको लामाले बताउनुभयो ।

लामाले थप्नुभयो, 'यसै उठाएको रकमको आधारमा सङ्गठनले अति गरीब प्रमाणित भएका चालकका सन्तानलाई शैक्षित राहत प्रदान गर्ने गरेको छ ।” सङ्गठनको निमयअनुसार प्रत्येक वर्ष महानगर कमिटीका चालकले सदस्यतापत्र नवीकरण गर्नुपर्छ । ललितपुरमा चालकबाट उठ्ने दैनिक दुई हजार ५०० देखि तीन हजारलाई सङ्गठनले आफ्नो नाममा खाता खोलेर जम्मा गरिरहेको लामाले जानकारी दिनुभयो । सङ्गठनले लगनखेल–गोदावरी सडकखण्डका १०० मजदूरमध्ये ५० जनालाई कमिटीको सदस्य बनाइसकेको छ । 'ललितपुरको नखिपोट हुँदै हात्तीवन अनि लगनखेलबाट रत्नपार्कमा चल्ने ५७ ठूला माइक्रो र ३० सानो माइक्रा चालक, इमाडोल ग्वार्खु हुँदै सुन्धारा, लगनखेल अनि कालीमाटी डल्लु र लगनखेल बानेश्वरमा घुम्ती सडक चल्ने टेम्पुका ६० जना सवारी चालकले ललितपुर महानगर कमिटीमा दिनको रु २५ दिन्छन् ।', लामाले भन्नुभयो ।

विसं २०३६ मा यातायात सङ्गठन स्थापना भएको थियो । 'सङ्गठनले २०७६ सालको शुरुआतसँगै सेवाको भावनाका आधारमा यातायात मजदूरबाट एक हजार ११२ पाउण्ड रगत सङ्कलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिसकेको छ । यसैगरी सङ्गठनले १२ जना आगलागी र हावाहुरीमा परेका, २० चालकलाई हिरासत भत्ता, केही चालकका छोराछोरीलाई शैक्षित राहतका साथै केहीलाई सवारी चालकलाई दुर्घटनामा परी खुट्टा गुमेका, ओछ्यानमा परेका मजदूरलाई पनि सङ्गठनले सहयोग गरिसकेको लामाले बताउनुभयो