भीम रावलले बोलेकाे कुरा  'सरासर झूट, असहिष्णु कम्युनिस्ट अगुवा, युएन भोलेन्टियर र देशको पोलपोट' भएको आराेप

भीम रावलले बोलेकाे कुरा  'सरासर झूट, असहिष्णु कम्युनिस्ट अगुवा, युएन भोलेन्टियर र देशको पोलपोट' भएको आराेप

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

काठमाडौँ । नेकपाका नेता भीमबहादुर रावलले   'विगतमा अखिलको अध्यक्ष पद साथीको आग्रहले छाडे र दोस्रो कुरा ०४८ सालमा मैले मन्त्री पद छाडेकाले झलनाथ खनाल मन्त्री हुन पाए' भनी एक अनलाइन मा  दिनु भएको अन्तरवार्ता सच्याउन उहाँका समकालीन  अखिलका नेता काेमल भट्टराईले सच्याउन आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त आग्रह गर्नुभएको हो । 

भट्टराईले आफ्नो स्टाटसमा लेख्नु भएको  पुरा भाग यस्तो छ -

' साथीसङ्गीहरू ! 
दुईदिनसम्म कटु सत्यबारे नलेखुँ बनेर बसें तर सकिन । 
आजका चर्चित नेकपाका नेता भीमबहादुर रावलको अनलाइन खबरको अन्तरवार्ता पढियो। उहाँ राष्ट्र, जनता र पार्टीका लागि सक्रिय रहेको ज्ञात भयो। अहिलेका कुरा ठीकै होलान् । तर उहिलेका कुरा भने सच्याउनु जरुरी छ ।

उहाँले भनेका २ कुरा प्रति मेरो ध्यान गयो । पहिलो कुरा ०३५ सालमा अखिलको अध्यक्ष पद साथीको आग्रहले छाडें र दोस्रो कुरा ०४८ सालमा मैले मन्त्रि पद छाडेकाले झलनाथ खनाल मन्त्रि हुन पाए । 

पहिलो कुरा उनी ०३५ र ०३६ को छात्र आन्दोलनमा थिएनन्, तत्कालिन मालेका विद्यार्थीको अगुवाइ टङ्क कार्की लगायतबाट हामीहरु आन्दोलनमा सहभागी भइएको थियो । त्यसबेला निर्विवाद टङ्क कार्की नेता थिए । तर, ०३९ सालको पार्टी स्वतन्त्रता नचाहनेहरु पक्षको संस्थापनले गरेको विचार दमन र पजनीका कारण टङ्क कार्की मूलधारको राजनीतिबाट हुत्याइए । त्यसपछि मालेभित्र रावलजीलाई कुनैपनि स‌ंगठनको नेता बनाउने मत कहिले पनि बनेको थिएन। अध्यक्ष साथीलाई छाड्ने रावलजीलाई अखिलको अरु पदाधिकारी बनाइएन खाली सुदुर पश्चिमको प्रतिनिधित्व गराउन केन्द्रीय सदस्यमात्र बनाइएका थिए। उनी अखिलको केन्द्रीय सदस्य भएपछि प्रचार विभागका प्रमुख बनेका थिए । त्यसबेला पनि, यिनले गडबडी निम्त्याएकालथिए । उनीसित मत बझाएका कारण प्रचार विभाग नै भङ्ग गरे, त्यसको प्रतिरोधमा जागृत भेटवाल (स्वर्गीय), भावुक घिमिरे, काठमाडौं जिल्ला कमिटीका अधिकांशले वगावत गरे। पछि हाम्रा मेहनतले केही सेटल गरियो। उनी पदावधि सकिए पछि कहिले नेपाल बारको प्रोजेक्ट अफिसर र कहिले युएन भोलियन्टरमा लागे । त्यसो त उनी कुमार विक्रमको अगुवाईमा टियूको सिनासमा पनि जागिरे थिए ।

उनी ०४७ को जनआन्दोलनको बेला कम्वोडियामा युएन भोलियन्टर थिए । त्यसको कन्ट्रयाक्ट सकिएपछि उनी नेपाल फर्के । जनआन्दोलनपछि मदन कमरेड सरकारमा नजानेभएपछि दोस्रा नेता झलनाथ सरकारमा जाने निश्चित नै थियो । उनले पार्टी भूमिगत राख्ने भएकाले मलाई मन्त्रि खान भनिएको बताएका छन् । यो सरासर झुठ हो । सरकार बन्नुभन्दा अघि नै झलनाथ खनाल खुलामञ्चमा खुलेर नै बोलीसकेका थिए । मन्त्रि पद नखानेले झलनाथ खनालको सल्लाहकार बन्नुले उहाँको त्यसबेलाको हैसियत प्रष्ट हुन्छ ।

रावलजी अहिले महान बन्नु भएकोछ, म स्वीकार गर्न बाध्य छु । मेरो अनुरोध छ, विगतमा आफूले अरुका लागि महान त्याग गरेको कुरा नगर्नु होला । विगतका कुरा उक्किन सक्छन् । म दावासाथ भन्न सक्छु, तपाईंजस्तो असहिष्णु कम्युनिष्ट अगुवा तपाईं युएन भोलियन्टर भएर गएको देशको पोलपोट मात्र थिए । तपाईं कार्यकर्तालाई ठीक पार्न प्रख्यात हुनुहुन्छ । तपाईंले जागृत र भावुक घिमिरे देखि हिमाञ्चल राजलाई सदस्यताबाट पजनी गर्नु भएको छ । हाल ७ नं प्रदेशमा तपाईंको सेकाइले कार्यकर्ताहरु ज्यादै खुशहालमा छन् । 

कृपया टङ्क कार्कीलाई अध्यक्ष र झलनाथका लागि मन्त्रि त्याग गरें भन्ने कुरा सच्याउन लगाउनु होला ।'