आर्ट थेरापीले तनावबाट मुक्ति

आर्ट थेरापीले तनावबाट मुक्ति

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

काठमाडौं, एजेन्सी । शोधकर्ताले विद्यार्थिका लागि तनावबाट मुक्ति दिलाउन तथा यसबाट हुने टाउको दुख्ने रोगबाट छ्टकारा पाउनका लागि नयाँ तरिका निकालेका छन् । हालै भएको शोधमा वयस्क भन्दा पनि किशोरहरु तनावबाट गुज्रिएको पाइयो । यो सबैको कारण स्कुलको दिनचर्या भएको पनि शोधमा उल्लेख छ । 

वाशिंगटन विश्वविद्यालयले गरेको एक अध्ययनले कलासँग सम्बन्धित क्रियाकलापले केटाकेटीमा तनाव कम गर्न सकिने देखाएको छ । विशेषगरी साना केटीहरुमा तनावबाट हुने टाउको दुखाई कम गर्नमा यो विधि प्रभावकारी देखिएको छ । तीन हप्तासम्म गरिएको सचेतना आर्ट थेरापीमा साना केटीहरुमा तनावबाट हुने टाउको दुखाईमा धेरै नै कमी आएको पाइएको हो । जब यो थेरापी शुरू गरिएको थियो यसमा टाउको दुख्ने केटीहरुको औसत संख्या ७.३८ थियो भने थेरापी पछि यो संख्या ४० प्रतिशतले घटेर ४.६३ भएको थियो । 

यो शोधका लेखक तथा विश्वविद्यालयका मानव केंद्रित डिजाइन तथा इंजीनियरिंग विभागका वैज्ञानिक एलिन ब्जोरलिंगका अनुसार यो शोधले यदि हामी आफ्नो राणनीति सफल बनाउन चाहन्छौं भने किशोरहरुमा ध्यान दिनुपर्छ । 

यो टिमले सीयाटलको एक हाईस्कूलका १४ देखि १८ वर्षका केटीहरुमा शोध गरेको थियो । उनीहरुलाई हप्तामा दुई दिन ५०–५० मिनेटका लागि आर्ट थेरापी गराइएको थियो । 

आर्ट थेरापी जर्नलमा यस बारेमा प्रकाशित शोधमा, यो अध्ययन सकिएको सात हप्ता पछि पनि केटीहरुमा टाउको दुख्ने समस्या बढेको पाइएन ।