पानीमा तैरिएको होटल

पानीमा तैरिएको होटल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

काठमाडौं, एजेन्सी । चीनको यांग्जी नदीमा पानीमा तैरिएको पाँचतले भवनको भिडियो भाइरल भएको छ । ट्विटरमा जारी भिडियोमा उक्त भवनमा होटल संचालन गरेको देखाइएको छ । टोइंग बोटको मद्दतले होटललाई नदीको बीच भागमा स्थापना गरिएको हो । 

होटललाई नदीमा स्थापना गर्दाको भिडियो हेरेपछि मानिसलाई यो होटल विधिवत रुपमा नदीमा स्थापना गरिएको भन्ने थाहा भयो । अन्यथा पहिले मानिसले  भवन नदीले बगाएर ल्याएको भन्ने ठानेका थिए । 

पहिले यो तैरने होटल जुन ठाउँमा थियो त्यहाँ पानी कम भएका कारण होटललाई उक्त ठाउँबाट हटाएर नदीको बीच भागमा राखिएको हो । 

पछिल्लो वर्ष नोभेम्बरमा यांग्जी नदीको किनारामा देखिएको यो होटल सरकारी नीतिमा भएको परिवर्तनका कारण स्थान परिवर्तन गर्नुपरेको हो ।