संसारको सबैभन्दा ठूलो सोलार पार्क

संसारको सबैभन्दा ठूलो सोलार पार्क

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

काठमाडौं, एजेन्सी । मोरक्कोले संसारको सबैभन्दा ठूलो सोलार पार्क बनाएको छ । ३ हजार हेक्टरमा बनेको यो सोलार पार्कमा ५८० मेगावाट बिजुली उत्पादन हुन्छ । साथै यसले ७ लाख ६० हजार टन कार्बन उत्सर्जन समेत कम गर्छ । सोलार पार्कलाई नूर औरजाजेट नाम दिइएको छ । सोलार पार्कबाट चेक गणराज्यको राजधानी प्रागका लागि जति बिजुली चाहिने हो त्यतिकै बिजुली उत्पादन गर्न सकिन्छ । 

मोरक्को संसारमा  नवीकरणीय ऊर्जा (रिन्यूएबल इनर्जी)का लागि  अति महत्वाकांक्षी देशमध्ये एक हो । सन् २०२० सम्म मोरक्कोले देशको कुल ऊर्जाको ४२ प्रतिशत नवीकरणीय ऊर्जाका माध्यमबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । 

सोलार पार्कको बीचमा एउटा २४३ मीटर अग्लो टावर पनि बनाइएको छ । यो अफ्रीकाको सबैभन्दा अग्लो टावर हो । यहाँ पग्लिएको नूनबाट उर्जा उत्पादन गरिन्छ । 

सामान्यतया सोलार पार्कमा उत्पादित बिजुलीलाई सीधै ग्रिडमा पठाइन्छ । तर, मोरक्कोको नूर पार्कमा  भने यसको उल्टो  हजारौं रिफ्लेक्टरका माध्यमबाट संचित रेडिएशनलाई फ्लुड हीट ट्यूबमा पठाइन्छ जसले पावर यूनिट संचालन हुन्छ । यहाँ उत्पादन गरिएको बिजुली राती अत्यधिक माग भएका बेला प्रयोग गरिन्छ । 

दिनभरीमा रिफ्लेक्टरको रेडिएशनबाट एक सिंिलंडर नून पगाल्न सकिन्छ । यसबाट राती ३ घण्टा बिजुली प्राप्त गर्न सकिन्छ । विश्व बैंकले यस योजनाको लागि ४ सय मिलियन डलर को ऋण सहायता प्रदान गरेको छ । 

विश्व बैंकका अनुसार मोरक्कोको कुल ऊर्जाको ९७ प्रतिशत हिस्सा तेलबाट प्राप्त हुन्छ । तेलबाट प्राप्त हुने बिजुलीको निर्भरता कम गर्न मोरक्कोले नवीकरणीय ऊर्जातर्फ आफ्नो कदम अघि बढाएको हो । 

मोरक्कन एजेंसी फर सस्टेनेबल इनर्जीका सीनियर प्रोजेक्ट म्यानेजर यासिर बदीहका अनुसार २०३० सम्म देशमा बिजलीको माग दोब्बर हुनेछ । उक्त समयसम्म मोरक्को आफ्नो ऊर्जा आपुर्तिको सम्पूर्ण अंश रिन्यूएबल इनर्जीका माध्यमबाट गर्ने संसारको पहिलो देश बन्न चाहन्छ ।