साऊदी अरबमा नयाँ कानून

विदेश जान तथा बिहे गर्न पुरुष अभिभावकको अनुमति लिनु नपर्ने

साऊदी अरबमा नयाँ कानून

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

काठमाडौं, एजेन्सी । साऊदी अरबका महिलालाई अब पुरुष अभिभावकको अनुमति विना पनि विदेश यात्रामा जान सक्ने भएका छन् । सरकारले अगस्ट १ तारिखका दिन यस्तो कानून प्रयोगमा ल्याएको हो । यसभन्दा अघि पारंपरिक ‘गार्जियनशिप सिस्टम’ अन्र्तगत महिलालाई वयस्क मानिंदैनथ्यो । यसकारण विदेश जानका लागि परिवारका कुनै न कुनै पुरुषको अनुमति लिनुपर्ने हुन्थ्यो । 

सरकारी अखबार ओकाजले सरकारी विशिष्ट अधिकारिको हवाला दिंदै भनेको छ, नयाँ कानून अन्र्तगत अब २१ वर्ष भन्दा माथिका महिलाले आफैंले पासपोर्ट लिन सक्नेछन, अभिभावकको अनुमति विना बिहे गर्न तथा विदेश जान पनि सक्नेछन् । 

वाशिंगटन स्थित अरब गल्फ स्टेट्स इंस्टीच्युटकी क्रिस्टीन दीवानका अनुसार, यस फैसलाले महिलाहरुलाई धेरै नै स्वतन्त्रता मिल्नेछ । यदि यो नियम पूर्ण रुपमा लागु भएका खण्डमा महिलाको जीवनमाथि आफ्नो अधिकार रहनेछ जुन साऊदी शासनको ठूलो फैसला हुनेछ । 

साऊदी अरबको यो फैसललाई लिएर मानव अधिकार संगठनले खुशी व्यक्त गरेका छन् । कार्यकर्ताको वर्षौंको मेहनतले महिलामाथिको नियममा खुकुलोपन आएको छ । महिला अधिकारका लागि लामो संघर्ष गरेकी लूजेन अल–हथलूलले यसै हप्ता साऊदी अरबको जेलमा आफ्नो ३० औं जन्मदिन मनाइन् । 

पछिल्लो वर्ष साऊदी अरबका राजकुमार मुहम्मद बिन सलमानले आफू सत्तामा आएपछि महिलालाई थुप्रै आधिकार दिएका थिए । दुई वर्ष पहिले उनले महिलालाई रंगशालामा बसेर फुटबल हेर्ने तथा गाडी चलाउन पाउने अधिकार दिएका थिए ।