ओसामा बिन लादेनका छोरा हमजा मारिए

ओसामा बिन लादेनका छोरा हमजा मारिए

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १७, २०७६

वासिंटन । आतंकवादी संगठन अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको मृत्यु भएको छ । अमेरिकी मिडियाका अनुसार अमेरिकाका अधिकारीहरूले हमजाको मृत्यु भएको पुष्टि गरेका छन् । 

तर, अधिकारीहरूले हमजाको मृत्यु कहिले र कुन ठाउँमा भएको भन्नेबारे जानकारी दिएका छैनन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमजाको मृत्युबारे केही बोलेका छैनन् । ओवल अफिसमा पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भने, ‘म यस विषयमा कुनै टिप्पणी गर्न चाहन्न ।’

‘न्युयोर्क टाइम्स’ले पनि अमेरिकी अधिकारीहरूको दाबी सही भएको बताएको छ । टाइम्सका अनुसार अमेरिकाको एक अपरेसनमा हमजा मारिए । यो पछिल्लो २ वर्षमा भयो । 

यो खबर दैनिक भाष्कर डट कममा छ ।