समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता (निर्वाचन आयाेगको पत्र सहित)

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता (निर्वाचन आयाेगको पत्र सहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

काठमाडौं । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरणपछि घोषणा गरिएको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार पार्टी दर्ता भएको जनाएको छ । 

‘नेपालको संविधान राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुनले व्यवस्था गरेका प्रावधानहरूका साथै तपसिल बमोजिमका शर्त पालना गर्ने गरी ‘संघीय समाजवादी फोरम, नेपाल’ र ‘नयाँ शक्ति पार्टी, नेपाल’ नामक राजनीतिक दललाई एकीकरण गरी समाजवादी पार्टी नाम राजनीतिक दल दर्ता भएको व्यहोरा यस आयोगको बैठक संख्या १०, मिति २०७६ साउन १७ को निर्णयानुसार अनुरोध छ,’ आयोगको निर्णयमा उल्लेख छ ।