राम जन्मभूमि विवादः मध्यस्थता समिति असफल

राम जन्मभूमि विवादः मध्यस्थता समिति असफल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १७, २०७६

अयोध्याको राम जन्मभूमि विवाद समाधान गर्न गठित विवाद समाधान गर्न गठन भएको मध्यस्थता समितिले भारतको सर्वोच्च अदालतलाई आफ्नो प्रतिवेदन बुझाएको छ । 

नयाँ दिल्ली । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार राम जन्मभूमि विवाद समाधान गर्न गठित विवाद समाधान गर्न गठन भएको मध्यस्थता समिति विवाद समाधान गर्न असफल रहेको छ ।  प्यानलमा रहेका सबै सदस्य पत्र लेख्छ, ‘ मध्यस्थता समितिलाई दिएका १५५ दिन खेर गएका छन् । 

उपरोक्त मध्यस्थता समितिमा सुप्रीम कोटका पूर्व न्यायाधीश खलफिुल्ला, वरिष्ठ वकिल श्रीराम पंचु र प्रसिद्ध अध्यातिमक गुरु श्रीश्री रवि शंकर रहेका थिए । 

मध्यस्थता समितिले २०७६ साउन १७ गते शुक्रवार आफ्नो सुप्रीम कोटलाई बझाएको हो । 

भारतीय समाचारपत्रहरूका अनुसार अब सुप्रीमकोर्टले यो विवाद समाधान गर्न दिनहुँ सुनवाई गरेर सय दिनभित्र फैसला दिने विचार गरिरहेको छ । 

सुप्रीमकोर्टमा यस मुद्दाको सुनवाई हुने बेन्चमा मुख्य न्यायाधीश जस्टिस रंजन गोगाई, जस्टिस डीवाई  चन्द्रचुड, जस्टिस बोबाडे, जस्टिस अशोक भूषण र जस्टिस अब्दुल नजीर रहेका छन् । 
इस मुद्दामा चाख लिइरहेका विज्ञहरुका अनुसार चिफ जस्टिस रञ्जन गोगोई आफ्नाृे कार्यालय मै यस मुद्दाको फैसला आउनुपर्ने पक्षमा रहेका छन् ।