संसारको सबैभन्दा सानो ल्यापटप

संसारको सबैभन्दा सानो ल्यापटप

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाका आईटी इंजीनियर पल क्लिंगरले संसारको सबैभन्दा सानो ल्यापटप बनाएका छन् । यसको स्क्रीन केवल एक इंचको छ । डिस्प्ले भने ०.९६ सेमी छ । यसलाई बनाउन मात्र सात दिन लागेको थियो । यो सानो ल्यापटपको निर्माण खर्च भने जम्मा ८५ डलर लागेको थियो । 

पलका अनुसार उनले यो ल्यापटपको नाम ‘थिंक टिनी’ राखेका छन् । यो आईबीएमको ‘थिंकपैड’ को सानो रुप हो । 

यसमा ‘थिंकपैड’ को जस्तै किप्याडको बीचमा रातो रंगको ट्रयाक प्वाइन्ट जस्तो क्रसर कंट्रोलर राखिएको छ । ३ सय एमएएचको ब्याट्री रहेको यो ल्यापटपमा गेम पनि खेल्न सकिन्छ । 

थिंकटिनीमा एउटा १४ पिन एटी टिनी १६१४ माइक्रोकंट्रोलर (२० मेगाहर्ट्ज) रहेको छ , जो एउटा सानो १२८×६४ पिक्सेल ओएलईडी डिस्प्लेसँग जोडिएको छ । यसमा ७ लाइनको बोर्ड रहेको छ ।