सबैभन्दा होचो कदको डाक्टर !

सबैभन्दा होचो कदको डाक्टर !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०७६

काठमाडौं, एजेन्सी । डाक्टर हुन निश्चित उचाईको जरुरत पर्छ कि पर्दैन ? भारतका तीन फीटका गणेश विठ्ठलभाई बारैयासँग जोडिएको यो प्रश्नको कानूनी उत्तर भारतको सर्वोच्च अदालतले उनको पक्षमा दिएको छ । 

अगस्ट १ तारिख तीन फीटका गणेशको मेडिकल कलेजमा पहिलो दिन थियो । उनी फर्स्ट ईयरको कन्फ्रेंस हलमा पहिलो लाइनमा बसेको देखियो । यसका लागि उनले लामो कानूनी लँड़ाई लड़्नु परेको थियो । यदि उनले एमबिबिएसको डिग्री प्राप्त गरेका खण्डमा उनको नाम सबैभन्दा होचो कदको डाक्टरको रुपमा गिनीज बुक अफ वर्ल्ड रेकर्डमा सामेल हुनेछ । 

पहिलो दिनका बारेमा गणेशले भने, ‘ पहिलो दिन निकै शानदार रह्यो । सबै साथी तथा डाक्टरले न्यानो अभिवादनका साथ स्वागत गरे । म यसकारण पनि खुशी छु कि यसका लागि मैले एकेडेमिक तथा कानूनी लँडाई लड्नु पर्यो । यसका लागि सहयोग गर्नुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु । उनीहरुको सहयोग बिना मेरो सपना पुरा हुने थिएन ।’

गणेशलाई सन् २०१८ को एनईईटी परीक्षामा २२३ अंक प्राप्त गरेपनि उनलाई कुनै पनि मेडिकल कलेजले दाखिला दिएका थिएनन् । यसको कारण भनको उनको तीन फिटको उचाई नै थियो । त्यसबेला उनको तौल १४ किलाे थियो । उनले १२ कक्षाको विज्ञान संकायको परीक्षामा ८७ प्रतिशत अंक प्राप्त गरेका थिए । 

उनका लागि शिक्षक तथा स्कुलले विद्यार्थीको हकका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेक थिए जसको फैसला उनको पक्षमा आएको थियो ।