मानिस तथा बाँदरको संयुक्त ‘डिजाइनर भ्रूण’

मानिस तथा बाँदरको संयुक्त ‘डिजाइनर भ्रूण’

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०७६

काठमाडौं, एजेन्सी । स्पेनका वैज्ञानिकले पहिलो पटक मानिस तथा बाँदरको संयुक्त ‘डिजाइनर भ्रूण’ तयार गरेका छन् । उनीहरुले यो भ्रूण मानिस तथा बाँदरको कोशिकाबाट तयार पारेका हुन् । यस हाइब्रिड भ्रूणबाट जन्मिने नवजात शिशुमा दुबै प्रजातिका गुण हुन्छन् । 

वैज्ञानिकहरले यस सम्बन्धि विभिन्न नियम, प्रतिबन्ध र कानुनी कारवाहीबाट जोगिन यो भ्रूणको निर्माण चीनको एउटा ल्याबमा गरेका हुन् । भ्रूणलाई १४ दिनसम्म विकसित गरेपछि यस प्रयोगमा रोक लगाइएको थियो । यस सम्बन्धि विज्ञहरुका अनुसार भविष्यमा मानव प्रजातिमा जनावरहरुका अंग प्रत्त्यारोपण गर्नका लागि यस किसिमको प्रयोगले महत्वपूर्ण भूमिका राख्नेछ । 

स्पेनिश शोधकर्ता जुआन कार्लोसले ‘जेनेटिकली मोडिफाइड’ बाँदरको भ्रूणबाट अंग विकसित गर्ने जीनलाई निष्क्रिय बनाए । त्यसपछि भ्रूणमा मानव ‘स्टिम शेल’ हालिदिए । परिणाम भ्रूण कुनै पनि ‘टिस्यु’ निर्माण गर्न सक्षम हुने भयो । 

शोधकर्ताको टीमले अहिलेसम्म कुनै पनि जर्नलमा शोधको परिणाम प्रकाशित गराएको छैन । वेबसाइट एल–पेसका अनुसार, यसरी विकसित गरिएको हाइब्रिड भ्रूणलाई १४ दिन पछि समाप्त गरिएको थियो । भ्रूणमा रातो लाइन देखिएको थियो । जसमा भविष्यमा सेंट्रल नर्भस सिस्टम विकसित हुन सक्दैन् । तर, भ्रूण तयार गर्ने प्रयोग भने सफल भएको छ । 
 
शोधकर्ता जुआन कार्लोसले २०१७ मा पहिलो पटक मानिस तथा सुँगुरको ‘जेनेटिक मैटेरियल’ लाई मिलाएर एउटा भ्रूण तयार पारेका थिए । तर, यो प्रयोग भने सफल भएन । शोधका योजना संयोजक तथा अमेरिकी मर्सिया क्याथोलिक युनिभर्सिटीको भाइस चांसलर एस्ट्रेला न्यूनेलका अनुसार टीमले यो अध्ययनलाई जर्नलमा प्रकाशित गर्ने तयारी गरिरहेको छ ।