बेतको डुंगा

बेतको डुंगा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १९, २०७६

काठमाडौं, एजेन्सी । बुल्गेरियाका सिभिल इंजीनियर तथा सिकर्मीको टीमले बेतको डुंगा बनाएका छन् । यो डुंगा १४ मीटर लामो तथा ४ मीटर चौडा छ । यसलाई बनाउन २६ दिन लागेको थियो । अगस्ट ३ तारिखका दिन टीम ३ हजार किमि यात्रामा निस्किएको छ । यसले बुल्गेरियाको वर्नाबाट इजिप्टको अलेक्जेंड्रियासम्मको सफर गर्ने छ । 

३ हजार किमि यात्राका लागि टीमले ५६ दिनको लक्ष्य राखेको छ । टीमको उद्देश्य मानिसहरुलाई पर्या‌वरण तथा प्लास्टिकको प्रयोगप्रति जागरुक बनाउनु रहेको छ । टीममा दुईजना सिभिल इंजीनियर तथा दुईजना सिकर्मी रहेका छन् । 

डुंगामा एउटा कोठा तथा एउटा पाइलट कक्ष 

यात्राका दौरान टीम जर्मनी, बोलीभिया गरी अन्य देश हुँदै इजिप्ट पुग्नेछ । टीमका सदस्य टस बर्मनका अनुसार डुंगामा एउटा कोठा तथा एउटा पाइलट कक्ष रहेको छ । जहाँ यात्राका दौरान आवश्यक खानेकुरा लगायतका सामान राखिनेछ ।