‘घरघरमा डोजरे बाटो’:  स्मार्ट भिलेज  र समाजवादउन्मुख समृद्धिको  खिल्ली

‘घरघरमा डोजरे बाटो’:  स्मार्ट भिलेज  र समाजवादउन्मुख समृद्धिको  खिल्ली

बम बानियाँ  |  दृष्टिकोण  |  श्रावण १९, २०७६

भौगोलिक संरचना अनुसार नेपाल हिमाल, पहाड र तराईमा फैलिएको छ । यसको वर्णन जहातहीँ गरिएको पाइन्छ । तर, नेपाल विशेषतः अधिक पहाडी गाउँले भरिएको मुलुक हो । 

नेपालको क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर छ । यो चीन स्वायत्त प्रदेश तिब्बत र भारतका विभिन्न प्रदेशका बीचमा भूपरिवेष्ठत अवस्थामा पूर्व–पश्चिम अवस्थामा फैलिएको छ । नेपाल समुद्र सतहबाट ६० मिटरदेखि ८,८४८ मिटरको उचाइमा फैलिएको छ । 

संघीय संरचना अनुसार नेपालमा संघ १, प्रदेश ७, स्थानीय तह ७५३, जिल्ला समन्वय समिति ७७, महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६, गाउँपालिका ४६०, तथा ६७४३ वटा वडाको संरचना विकास गरिएको छ ।  

भौगोलिक र पर्यावरणीय हिसावले नेपाल संसारकै अनुपम जैविक विविधता भएको मुलुक मानिन्छ । संयुक्त राष्ट्रसंघमा आवद्ध १९३ देशमध्ये नेपाल भूगोलका हिसावले १०९ देशभन्दा ठूलो छ । जनसंख्याको दृष्टिकोणले १६० देशभन्दा ठूलो छ । 

विश्वका अति विकसित देशको रूपमा चिनिएका डेनमार्क, नेदरल्याण्ड र बेल्जियमभन्दा नेपालको भूगोल र जनसंख्या दुवै हिसावले ठूलो छ । प्राकृतिक स्रोतको प्रचुरता र उपलब्धताको हिसावले हेर्ने हो भने नेपालमा युरोप, अमेरिका र ल्याटिन अमेरिकामा पाइने सम्पूर्ण खालको जलवायु उपलब्ध छ । तर, विकासमा भने ती देशभन्दा नेपाल निकै पछि छ । 

२०७६ साउन १७ गतेको नयाँ पत्रिकामा डा. बाबुराम भट्टराईले लेखेको एक आलेखमा भनिएको छ, ‘...आर्थिक क्रान्तिका लागि संरचनागत परिवर्तन जरुरी छ । विश्वको विकासको गतिसँग पदचाप मिलाउने हो भने, अव घस्रिने होइन, सैडिने साहस गर्नुपर्छ । त्यसका निम्ति संरचनागत परिवर्तन गर्ने साहस गर्नुपर्छ । कस्तो संरचना भन्दा हाम्रो राजनीतिक, प्रशासनिक र राज्यका अंगहरूमा आमूल सुधारको आवश्यकता छ, अहिलेको जुन मिश्रित प्रकारको संसदीय शासकीय प्रणाली छ, यसको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, पूर्ण समानुपातिक संसद् र न्यायपालिकामा समयअनुकूल परिवर्तन जरुरी छ । यो तर्क त ठीकै हो । तर, अब कसरी यो तत्कालै सम्भव होला भन्ने प्रश्न पनि छ...।’ 

यो आलेखमार्फत् विशेष गरी नेपालको अहिलेको संघीय संरचना अनुसार भौगोलिक बनोट, यहाँको सामाजिक, धार्मिक सांस्कृतिक परिवेश अनुसारकोे ‘स्मार्ट भिलेज’को तर्कसंगत अवधारणा अगाडि सार्न खोजिएको छ । यसलाई नेपालको समृद्धिको जग बसाल्ने आधारका रूपमा लिन खोजिएको देखिन्छ ।  

के हो स्मार्ट भिलेज ?

स्मार्ट भिलेज भारतमा पहिलोपल्ट महात्मा गान्धीले अगाडि सारेको अवधारणा हो । भारतको केन्द्रीय सरकार र स्थानीय सरकारको ग्रामीण क्षेत्रमा एउटा आदर्श सहर बनाउने लक्षअनुरूप प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धीको ध्येय पूरा गर्न सन् २०१४ मा स्मार्ट सिटी र डिजिटल इण्डिया कार्यक्रमको सट्टा स्मार्ट भिलेजको धारणालाई अगाडि बढाएका हुन् । यो अभियानमा भारतका विभिन्न प्रदेश आसम, विहार, दिल्ली, हिमाञ्चल प्रदेश, गुजरात, जम्भू–काश्मिर, केरला, हरियाना, मनिपुर आदिले नीतिलाई अवलम्बन गरेर कार्यान्वयनको चरणमा छन् । तर, स्मार्ट भिलेजका केही चुनौती पनि छन्, जस्तोः संसारमा १.३. विलियन मानिस अहिले पनि विद्युतको सुविधाबाट वञ्चित छन् । 

पहाडका टाकुरामा रहेका, एक डाँडामा एक घर भएका ठाउँमा सडक तथा बिजुली पुर्‍याउन निकै चुनौतीपुर्ण छ । तैपनि स्थानीय जनप्रतिनिधिबिना दीर्घकालीन योजना घरघरमा बाटो पुर्‍याउने भन्दै ‘डोजरे बाटो’को पछि लागिपरेको देखिन्छ । अहिले धेरै ठाउँमा कच्ची सडक त पुर्‍याइएको छ । यस्ता कतिपय सडकमा वर्षमा एकपटक पनि सवारी साधन गुड्न असम्भव देखिन्छ । तर, राज्यकोषको अन्धाधुन्द अर्बौं लगानी त्यसैमा भइरहेको छ । त्यसैले स्मार्ट भिलेजको ‘घरघरमा बाटो होइन, बाटोबाटोमा घर’ अवधारणाको खिल्ली उडाइरहेको छ । 

३ विलियन मानिस स्टोभमा खाना पकाउँछन् भने लाखौं मानिस सबै प्रकारका सुविधाबाट वञ्चित भएर दुर्गममा इलाकामा बसोबास गर्छन् ।

स्मार्ट भिलेजकोे मुख्य लक्ष भनेको छरिएर रहेका गाउँका बस्तीहरूलाई नयाँ मोडेलको एकीकृत बस्ती निर्माण गरी सहरको सुविधा गाउँमै दिने र आफ्नो संस्कृति अनुसारको सहज जीवनशैली जिउने भन्ने हो । स्मार्ट भिलेजका आधारभूत तत्वहरू दीर्घकालीन विकासका लागि सुशासन, व्यवस्थित पूर्वाधार, शिक्षा, स्वास्थ्य, सफा पिउने पानी, बिजुली आदि हुन् ।

यतिले मात्रै एउटा समुदाय स्मार्ट हुन सक्दैन । सहरीकरणको नाममा आज मानिस आफ्नो संस्कार–संस्कृति भुलेर आयातित संस्कृतिको नक्कल गर्दै नाटकीय जीवनशैलीमा रूपान्तरण भइरहेका छन् । नेपालमा पनि केही सहरमा सरकारले स्मार्ट सिटी बनाउने अवधारणालाई अगाडि बढाइरहेको छ । अहिले हेर्दा सडक र सञ्चारमा ठूलो फड्को मारेको दाबी गरिए पनि सडक र सञ्चार गाउँगाउँमा पुर्‍याउन सकेको अवस्था छैन । सञ्चार त हरेकका हातहातमा छ र सडकलाई पनि पहुँचवालाहरूले आफ्नै घर छुवाएर लाने होडबाजी चलिरहेको छ । जसले स्मार्ट भिलेजको धज्जी उडाइरहेको छ । 

केही हदसम्म सञ्चार त ठीकै मान्न सकिए पनि सडक र बिजुलीको सवालमा हिमाल र पहाडका टाकुरामा रहेका, एक डाँडामा एक घर भएका ठाउँमा सडक तथा बिजुली पुर्‍याउन निकै चुनौतीपुर्ण छ । तैपनि स्थानीय जनप्रतिनिधिबिना दीर्घकालीन योजना घरघरमा बाटो पुर्‍याउने भन्दै ‘डोजरे बाटो’को पछि लागिपरेको देखिन्छ । अहिले धेरै ठाउँमा कच्ची सडक त पुर्‍याइएको छ । यस्ता कतिपय सडकमा वर्षमा एकपटक पनि सवारी साधन गुड्न असम्भव देखिन्छ । तर, राज्यकोषको अन्धाधुन्द अर्बौं लगानी त्यसैमा भइरहेको छ । त्यसैले स्मार्ट भिलेजको ‘घरघरमा बाटो होइन, बाटोबाटोमा घर’ अवधारणाको खिल्ली उडाइरहेको छ । 

विकासको पूर्वाधार पुग्नु आफैमा विकास होइन । पूर्वाधार विकासको गति लिने माध्यम मात्र हुन् । यी माध्यमको कति उपयोग गर्न सक्छौं र फड्को मार्न सक्छौं भन्ने मुख्य कुरा हो । नेपालमा हेर्ने हो भने सडक र सञ्चार दुवैको हामीले खास उपयोग गर्न त्यसबाट जनि फाइदा लिनुपर्ने हो त्यो लिन सकिरहेको अवस्था छैन ।

एउटा सानो उदाहरण हेरौं, पूर्वाधारका साथमा गाडी, ट्याक्टर र ट्रक गाउँगाउँमा पुगेका छन् । तर, फर्कने मालबाहक गाडी तथा ट्याक्टरले फिर्ता हुँदा ल्याउने कुनै उत्पादनसम्म नभएको अवस्था छ । सहरमा भएको रित्तै फर्किरहनुपरेको छ ।  

स्मार्ट भिलेजको अवधारणा भनेको एउटा ग्रामीण क्षेत्रमा स्थापना गर्ने एउटा आविष्कृत समुदायको बस्ती हो, जसले समाजका विभिन्न अवसर सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थाको सुधार गरी गुण्स्तरीय जीवन निर्माण गर्न सहयोग पुर्‍याउँछ । एक–आपसमा सहयोग र सद्भावको वातावरण कायम गरी सरल, सामाजिक र निजी जीवन जीउन यो निकै महत्वपूर्ण कडी मानिन्छ । हाम्रोजस्तो बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुकमा समाज रूपान्तरण र समृद्धिको ढोका नै स्मार्ट भिलेजको अवधारणा हुन सक्छ । एउटा परिभाषा पनि हेरौं ।

(‘Smart villages are communities in rural areas that use innovative solutions to improve their resilience, building on local strengths and opportunities. They rely on a participatory approach to develop and implement their strategy to improve their economic, social and/or environmental conditions, in particular by mobilising solutions offered by digital technologies. Smart Villages benefit from co-operation and alliances with other communities and actors in rural and urban areas. The initiation and the implementation of Smart Village strategies may build on existing initiatives and can be funded by a variety of public and private sources.’) (Source :Google)

नेपालको अहिले संरचना अनुसार गाउँपालिका र नगरपालिकाका प्रत्येक वडास्तरीय सामूहिक योजनावद्ध बस्ती निर्माण गर्ने र उक्त बस्तीमा आवश्यक मान्यता अनुसारका सुविधा सरकार तथा स्थानीय जनताको सक्रियतामा पूरा गर्ने, गाउँका संस्कृति लोप हुन नदिने, समुदायको प्रकृतिको भूगोल अनुसार बस्ती निर्माण गर्ने, पहाडका पुराना घरलाई नयाँ निर्माण गर्ने लगायतको सुविधायुक्त बस्तीलाई स्मार्ट भिलेजको रूपमा वर्णन गर्न खोजिएको छ । यसको कार्यान्वयनका लागि संघीय सरकारले नै योजना बनाउनुपर्छ । र, नगरपालिका तथा गाउँपालिकाले डिपिआर निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । 

गाउँमा मात्रै होइन, सहरमा स्मार्ट सिटीको सट्टा स्मार्ट भिलेज लागू गरे विश्वमै नेपालको छुट्टै पहिचान हुन सक्छ । 

स्मार्ट भिलेजले सामान्य जीवनशैली सिकाउँछ । आधुनिकता, नैतिकता र जीवन जीउने विधि सिकाउँछ । समाजमा घुलमिल, सचेत तथा समावेशी हुन सिकाउँछ । सहयोगको लागि तयारी र जिम्मेवार हुन सिकाउँछ । प्रविधि, सञ्चार, विश्व सूचना तथा पारदर्शी हुन सिकाउँछ । किनभने सबै मिलेर सबै सुविधा लिन सकिन्छ, जो एक्लै हुँदा दिन सकिदैनथ्यो । 

एउटा उदाहरण पनि हेरौं, के हो त स्मार्टको अर्थः

 
स्मार्ट भिलेज कसरी समृद्धिको आधार हुन्छ त ?

स्मार्ट भिलेज नेपालमा लागू गर्ने हो भने नेपालका गाउँगाउँमा एउटा नयाँ ऊर्जाशक्ति पैदा हुन्छ । गाउँबाट दिनानुदिन सहर बसाइसराई जाने क्रम घट्छ । सामूहिक काम गर्ने विकास र एकल र व्यक्तिवादी हुँदै गएको नेपाली समाज फेरि सामूहिक र सामाजिक भावनामा जोडिन्छ । समृद्धि भनेको मानिस आर्थिक रूमा सम्पन्न हुनुमात्रै होइन । यसको परिभाषा निकै गहिरो छ । आत्मसम्मानपूर्वक, आफ्नो पहिचान कायम गरेर, आफ्नै उत्पादनको सही सदुपयोग गरी आत्मनिर्भर भएर आफ्नै ठाउँमा व्यवस्थित भएर स्वतन्त्रपूर्वक बाँच्न पाउनु एक किसिमको समाजवाद उन्मुख समृद्धिको आभास आउने जीवनशैली हो । 

खासमा हामी नेपालीले चाहेको पनि यही हो । आज नेपाली संसारका धनीको सूचीमा छन् । एनआरएनको रूपमा छन् । उनीहरूलाई जति धनी भए पनि अन्ततः नेपाली नै भएर चिनिनुमा आफूलाई गौरव गर्छन् । सभ्यता र सपन्नताको चरम उत्कर्षमा पुगेपछि मान्छे फेरि आफ्नो पुरानै पृष्ठभूमि नै सम्झन चाहान्छ । यो नै पहिचान हो र यसलाई व्याक टु द नेचर पनि भनिन्छ । त्यसैले स्मार्ट भिलेजले अन्ततः यी सबै आनन्द दिने गर्छ । 

केही स्थानीय तहहरूले आफ्नो वार्षिक कार्यक्रममा एकीकृत बस्ती, नमुना बस्तीको रूपमा बजेट छुट्याएको पाइन्छ । तर, खासै योजना र अध्ययन भने देखिँदैन । यो एउटा चुनौतीपूर्ण कार्य हो । राज्य, प्रदेश र स्थानीय तीनै तहको योजनामा पर्नु पर्छ । सहरी विकास मन्त्रालयको गुरु योजनामा पर्नुपर्छ । र, हरेक स्मार्ट भिलेजका लागि डिपिआर तयार गर्नुपर्छ । केन्द्रीय सरकारले अहिले ७० प्रतिशत बजेट केन्द्रमा र ३० प्रतिशत  प्रदेश र स्थानीय तहलाई विनियोजन गरेको छ । यो ठीक उल्टो छ, यदि स्थानीयलाई फास्ट ट्रयाकमा अगाडि बढाउने हो भने यो बजेट ठीक उल्टो गर्नुपर्छ । अनि संघले नीति निर्माणको क्षेत्रमा काम गर्नुपर्छ । शिक्षा र स्वास्थ्यमा पनि सोही बजेटको नीति छ यो पनि ठीक उल्टो नै गर्नु पर्छ । यदि सरकारले संघीय सरकारको कार्यन्वयन गर्ने नै हो भने यी विषयमा ध्यान दिन जरुरी छ । स्मार्ट भिलेज भनेको सबै सुविधा सम्पन्न गाउँको सामूहिक बस्ती हो । राज्यले बाटो मात्रै देखाउने हो भने अबको पाँचदेखि दस वर्षमा यो सम्भव छ । 

स्थानीय स्रोत र साधनमा नेपालका अधिकांश गाउँ सम्पन्न छन् । खासमा परिचालन मात्रै गर्ने हो भने हरेक गाउँमा सयौं युवा स्वरोजगार हुन्छन् । हरेक स्मार्ट भिलेजमा कृषिको एक भिलेज एक पहिचानयुक्त उत्पादन गर्ने र प्रांगारिक कृषिमा जाने हो भने नेपालको विविध हावापानी अनुसारको जैविक उत्पादन गरेर हामी आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्छौं । हाम्रो गाउँका पुराना एक्ला घर खेती गर्न जाँदा बस्ने आवास हुन सक्छन् भने सामूहिक बस्तीको घर अहिले लाखौं खर्च गरेर किनेको सहरको घडेरीभन्दा धेरै सुलभ हुन्छ । 

तल एउटा स्मार्ट भिलेजको नमुना हेरौंः आधारभूत रूपमा तल दिएको सुविधा प्राप्त गर्न सकियो भने स्मार्ट भिलेजको स्थापना हुन्छ ।


 
   

निष्कर्ष

नेपाल सरकारले प्राथमिकतामा राखेर गर्नुपर्ने गौरवको योजनामा स्मार्ट भिलेजको अवधारणालाई अगाडि सार्न सके नेपाल र नेपाली जनताले वर्षाैदेखि कल्पना गर्दै आएको आफ्नै गाउँमा सबै सुविधा सम्पन्न भई बस्ने सपना र वर्तमान सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर  अगाडि बढेको गति ठीक ठाउँमा पुग्थ्यो । नेपाल सम्भावना नै सम्भावना भएको तर खास केही नभएको मुलुकमा पर्छ । अहिले पनि दुई तिहाइको सरकार बनेको दुई वर्ष पूरा भइसकेको छ । तर, अझै पनि सरकार ‘लिगमा नबसेको रेल’जस्तो देखिन्छ  । समाजवादको नारा बेचेर रातारात धनी र गरीबबीचको खाडल बढिरहेको छ । सुशासन, न्याय र शान्तिमा प्रश्न उठ्न थालिसकेको अवस्था छ । यो सबै चाहेर पनि काम गर्न नसक्ने पुरानै रोग नेपालमा छ ।

यी विषयभन्दा माथि उठेर स्थानीय तहलाई जगको रूपमा स्थापित गर्न प्राथमिकताका क्षेत्रमा  लगानी गरी स्मार्ट भिलेज जस्ता ड्रिम प्रोजेक्ट सञ्चालन गर्न सके समृद्धि टाढा भने छैन । हामी जल, जमीन र जंगल जस्ता प्राकृतिक साधनमा धनी छौं । चाह्यो भने असम्भव भन्ने केही छैन । अब फेरि पटक–पटक आफैले घोषणा गरेको संविधानमाथि नै प्रश्न उठाइरहनु भन्दा नेपालको संविधान निकै परिवर्तनशील छ जनतालाई आवश्यक परेमा परिवर्तन हुँदै जान्छ । तर, प्राप्त उपलब्धिलाई संस्थागत र प्रयोग गर्दै जाने हो भने हामी पनि समृद्धिको नजिक पुग्न समय टाढा छैन । काम सुरु गरौं । स्मार्ट बन्छ जीवन, स्मार्ट बन्छ भिलेज ।

writerbambaniya@gmail.com