हिमशिखरको स्थापना दिवसमा विविध कार्यक्रम

हिमशिखरको स्थापना दिवसमा विविध कार्यक्रम

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १९, २०७६

काठमाडौं । भक्तपुर, गठ्ठाघरस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले १२ औं स्थापना दिवसका अवसरमा आइतबार विविध कार्यक्रम आयोजना गरेको छ । 

सो अवसरमा मधुमेह र रक्तचापको निःशुल्क स्वास्थ्य परीक्षणसँगै रक्तदान कार्यक्रम गरेको संस्थाले जनाएको छ । संस्थाका अनुसार झण्डै दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने २२ जनाले रक्तदान गरेका थिए । 

सो अवसरमा मधुमेहसम्बन्धी जनचेतना कक्षा पनि सञ्चालन गरिएको संस्थाले जनाएको छ । 

सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको सहकारी संस्थाले जनाएको छ ।